रुद्राक्ष किन लगाइन्छ ? यसको अद्भूत रहस्या जान्नुहोस्

शुक्रबार, ०४ साउन २०७५

 

रुद्राक्षको किस्सा त तपाईंले कति सुन्नुभयो, कति । एकमुखे रुद्राक्षको मूल्यदेखि बहुमुखे रुद्राक्षको गुणगानसम्म सुनिसक्नु भएकै छ । ठमेलतिर घुम्न निस्कनुहोस् वा पशुपतिनाथ, रुद्राक्षकै दोकान देख्नुहुनेछ । तपाईंलाई लाग्दो हो, यदि धेरै रुद्राक्ष कसेले किन्छ ? किन किन्छ ?

 

हामीले तस्विरमा देखेका छौं, सुनेका छौं, भगवानले रुद्रक्ष धारण गरेको । भगवानले गलामा, पाखुरामा रुद्राक्ष धारण गरेका हुन्छन् । अहिले पनि धर्मगुरुहरुले रुद्राक्ष लगाउ“छन् । आखिर किन ? के यो औषधी हो ? के यसमा दैवी शक्ति हुन्छ ? कि यसको वैज्ञानिक महत्व पनि छ ?

 

 

रुद्राक्षको रामकाहानी

रुद्र + आक्ष मिलेर बनेको रुद्राक्ष शब्दस“ग यसका उत्पत्तिका विभिन्न कथा पुराणहरूमा वर्णित छन् । रुद्र भगवान् शिवकै एक नाम तथा आक्षको अर्थ आ“सु हो । रुद्राक्षलाई कतै भगवान् शिवको आ“सु तथा कतै पसिना जमिनमा खस्दा त्यसैबाट उत्पन्न भएको बताइएको छ ।

रुद्राक्ष नेपालको मध्य पहाडी क्षेत्रमा पाइने एक प्रकारको वनस्पतिको बोटमा फल्ने घेरादार दाना हो । यसको दानामा हुने प्राकृतिक घेरालाई मुख भनिन्छ, हालसम्म एकमुखेदेखि एक्काईसमुखे रुद्राक्षका दाना फेला परेका छन् । एकमुखे रुद्राक्षलाई साक्षात् शिवस्वरूप मानिने भएकाले यो अमूल्य हुन्छ ।

रुद्राक्ष भगवान् शिवस“ग सम्बन्धित भएकाले यसलाई धागोमा उनेर वा मालाका रूपमा धारण गर्दा सकारात्मक ऊर्जा प्राप्त हुनुका साथै धार्मिक एवं शारीरिक लाभ हुने विश्वास छ । रुद्राक्ष धारण गर्ने व्यक्तिले त्यसबाट समुचित लाभ प्राप्त गर्न मद्य, मांस, लसुन, प्याजजस्ता तामसी भोजन गर्न नहुने मान्यता छ ।

 

विज्ञानका दृष्टिमा रुद्राक्ष

रुद्राक्षका विषयमा वैज्ञानिक अध्ययन समेत भएका छन् भने थप शोध अनुसन्धान जारी छ । रुद्राक्षलाई नीलो संगमरमर पनि भनिन्छ । यसको रुख नेपाल, पूर्वोत्तर भारत, इन्डोनेसियाको जकार्ता एवं जावामा पाइन्छ । नेपालको रुद्राक्षलाई उत्तम मानिन्छ ।

वनस्पतिशास्त्रमा रुद्राक्षलाई इलियोकार्पस गेनिट्रस भनिन्छ । गोलो, खस्रो, कठोर एवं लामो समयसम्म नबिग्रने रुद्राक्ष वास्तवमा एक प्रकारको बीज हो । पांचमुखी रुद्राक्ष बढी संख्यामा पाइन्छ भने एक र चौधमुखी रुद्राक्ष दुर्लभ हुन्छ ।

प्राचीन ग्रन्थहरुमा यसलाई चामत्कारिक तथा दिव्यशक्ति स्वरूप बताइएको छ । मान्यताअनुसार रुद्राक्ष धारण गर्नाले मुटुसम्बन्धी समस्या, रक्तचाप एवं घबराहट आदिबाट मुक्ति मिल्छ । रुद्राक्षका विषयमा बताइएका चामत्कारिक गुण वास्तविक हुन् वा होइनन् भन्ने कुरा पत्ता लगाउने उद्देश्यले गरिएका आजसम्मका शोध कार्यबाट कतिपय गुणहरुको पुष्टि भएको पाइन्छ ।

 

विद्युतिय शक्ति

अध्ययनहरुबाट यसमा विद्युत चुम्बकीय, अर्धचुम्बकीय तथा औषधीय गुण भएको कुरा पुष्टि भएको छ । वैज्ञानिकहरुका अनुसार यसको औषधीय क्षमता विद्युत चुम्बकीय प्रभावबाट पैदा हुन्छ । रुद्राक्षको विद्युत चुम्बकीय क्षेत्र एवं तेज गतिको कम्पन आवृत्ति स्पन्दन देखेर वैज्ञानिक समेत आश्चर्यचकित भए ।

 

इन्टरनेशनल यूनिवर्सिटी फ्लोरिडाका वैज्ञानिक डा. डेविड लीका अनुसार रुद्राक्ष विद्युत ऊर्जाको आवेशलाई संचित गर्छ जसबाट यसमा चुम्बकीय गुण विकसित हुन्छ । यसलाई डाइ इलेक्ट्रिक प्रोपर्टी भनिएको छ । यसको प्रकृति इलेक्ट्रोमैग्नेटिक एवं पैरामैग्नेटिक हुनुका साथै यसको डायनामिक पोलेरिटी विशेषता अद्भुत छ ।

भारतीय वैज्ञानिक डा. एस.के. भट्टाचार्यले सन् १९७५ मा फार्माकोलोजिकल अध्ययन गरेर के बताए कीमोफार्माकोलोजिकल विशेषताका कारण यो मुटुरोग, रक्तचाप एवं कोलेस्ट्राल स्तर नियन्त्रणमा प्रभावशाली हुन्छ । यसले स्नायु प्रणालीमा पनि प्रभाव पार्छ भने न्यूरोट्रान्समीटर्सको प्रवाहलाई सन्तुलित बनाउँछ ।

 

यसकारण घनत्व बढी

वैज्ञानिकहरुबाट गरिएको बायो केमिकल विश्लेषणमा के देखियो भने रुद्राक्षमा कोबाल्ट, जस्ता, निकल, फलाम, म्याग्नीजÞ, फस्फोरस, एल्युमिनियम, क्याल्सियम, सोडियम, पोटासियम, सिलिका एवं गन्धकजस्ता तत्व पाइए । यी तत्वको उपस्थितिका कारण रुद्राक्षको घनत्व बढी हुन्छ, फलतः यो पानीमा राख्दा डुब्छ ।

पानीमा डुब्ने रुद्राक्षलाई सक्कली मानिन्छ । कतिपयको मान्यतामा यसलाई दुईवटा तामाकोसिक्काको बीचमा राखियो भने यसमा कम्पन उत्पन्न हुन्छ । वैज्ञानिकका अनुसार रुद्राक्षमा ब्याक्टेरिया, भाइरस एवं फंगस प्रतिरोधी गुण पाइन्छ । कतिपयले यसमा क्यान्सर प्रतिरोधी क्षमता पाइने आकलन गरेका छन् । चीनमा गरिएको अध्ययनअनुसार रुद्राक्ष यिन—यांग ऊर्जाकाबचि सन्तुलन कायम राख्न सहयोगी हुन्छ ।

 

विशेषता

हरेक मुखे रुद्राक्षका फरक फरक विशेषता छन् 

१ मुखी रुद्राक्ष

पौराणिक मान्यताअनुसार, एकमुखी रुद्राक्ष साक्षात शिवस्वरुप मानिन्छ । यसको निरन्तर सान्निध्य एवं ध्यानधारणाबाट धारणकर्ता वैश्विकज्ञान एवं उच्चतम चेतनावस्था प्राप्त गरी त्रिकालदर्शी बन्नपुग्छ र अन्तमा ईश्वरीय परम चेतनामा विलीन हुन्छ । यो अत्यन्त दुर्लभ हुन्छ । यो रुद्राक्ष धारण गर्ने व्यक्तिले मनको समस्त कामना पूर्ण गर्ने, विश्वमै शासन गर्ने तथा आफ्नो संसारलाई अधीनमा राख्नसक्ने क्षमता प्राप्त गर्छ । साथै उसमा हरेक परिस्थितिमा उचित निर्णय लिनसक्ने क्षमता विकास हुन्छ ।

 

२ मुखी रुद्राक्ष

दुई मुखी रुद्राक्ष शिवको अर्धनारीश्वर स्वरुप हो । यसलाई धारण गर्नाले पतिपत्नी, पितापुत्र, मित्र एवं व्यावसायिक सम्बन्ध सौहार्द बन्दछ । यसबाट आत्मिक शान्ति एवं पूर्णता प्राप्त हुनछ । यसले चन्द्रमाको प्रतिकुलताबाट उत्पन्न हुने दोष निवारण गर्छ ।

 

३ मुखी रुद्राक्ष

यसले अग्निको प्रतिनिधित्व गर्छ । सूर्यको प्रतिकूलताका कारण उत्पन्न सबै दोष निवारण गर्छ । यसलाई धारण गर्ने मानिसले जन्मजन्मान्तरको चक्रबाट मुक्त भएर मोक्ष प्राप्त गर्छ । यसबाट पेट तथा कलेजोसम्बन्धी समस्या हट्छ ।

 

४ मुखी रुद्राक्ष 

चारमुृखी रुद्राक्षको अधिपति ब्रह्मा हुन् । यसबाट स्मरणशक्ति, मौखिकशक्ति, व्यवहार चातुर्य, वाक्चातुर्य तथा बुद्धिमत्ता विकास हुन्छ । यसले बुध ग्रहको प्रतिकूलताबाट उत्पन्न सबै दोष निवारण गर्छ ।

 

५ मुखी रुद्राक्ष

पाँच मुखी रुद्राक्ष रुद्रकालग्निको प्रतिनिधित्व गर्छ । यसलाई धारण गर्दा मनमा शान्ति छाउ“छ । यसले बृहस्पति ग्रहको प्रतिकूलताबाट उत्पन्न सबै दोष निवारण गर्छ ।

 

६ मुखी रुद्राक्ष 

यसको स्वामी कार्तिकेय हन् भने यसमा मंगल ग्रहको आधिपत्य छ । यसलाई धारण गर्नाले जीवनमा स्थिरता प्राप्त हुन्छ, ऐसआराम तथा वाहनसुखको इच्छा पूरा हुन्छ ।

 

७ मुखी रुद्राक्ष

सातमुखी रुद्राक्षले ऐश्वर्यकी देवी महालक्ष्मीको प्रतिनिधित्व गर्छ । यसलाई धारण गर्नाले सम्पन्नता, ऐश्वर्य तथा उन्नतिका नयाँ मार्ग प्रशस्त हुन्छन् । आर्थिक विपत्ति हट्छ । व्यवसायमा घाटा छ भने फाइदा हुनथाल्छ । नाम, प्रतिष्ठा तथा समृद्धिमा उत्तरोत्तर प्रगति हुन्छ ।

 

८ मुखी रुद्राक्ष

आठमुखी रुद्राक्षपय स्वामी संकटमोचक गणेश हुन् भने केतु ग्रह यसको अधिपति । यसले बाटोका समस्त अवरोध हटाउनुका साथै यश प्रदान गर्छ । विरोधीको मन तथा उद्देश्यमा परिवर्तन ल्याएर धारणकर्ताको हित सोच्न बाध्य गराउछ ।

 

९ मुखी रुद्राक्ष 

नौमुखी रुद्राक्षकी स्वामी नवदुर्गा हुन् भने राहु यसको प्रतिनिधि । यसले धारणकर्तालाई अपार ऊर्जा, शक्ति तथा चैतन्य प्रदान गर्छ । राहुपय प्रतिकूलताबाट उत्पन्न हुने समस्त दोष निवारण गर्छ ।

 

१० मुखी रुद्राक्ष

दशमुखी रुद्राक्षका अधिपति भगवान् महाविष्णु तथा यमदेव हुन् । यो रुद्राक्षले कवचको कार्य गर्छ तसर्थ यसलाई धारण गर्नाले नकारात्मक ऊर्जाबाट सुरक्षा प्राप्त हुन्छ । यश प्राप्त हुनुका साथै ऋणमुक्त हुन सहयोग मिल्छ । १० मुखी रुद्राक्ष नवग्रहकै प्रतिकूलताबाट उत्पन्न दोष निवारण गर्न सक्षम छ ।

 

११ मुखी रुद्राक्ष

यो रुद्राक्षका अधिपति एकादश रुद्र हुन् । यसको प्रभाव सम्पूर्ण इन्द्रिय, सशक्त भाषा एवं निर्भय जीवनमा पर्छ । यसले पनि सम्पूर्ण ग्रहको प्रतिकूलताबाट उत्पन्न दोष निवारण गर्छ ।

 

१२ मुखी रुद्राक्ष 

यो रुद्राक्षका अधिपति सूर्य हुन् । धारणकर्तालाई सूर्यकै जस्तो शासन गर्ने क्षमता, अलौकिक बुद्धिमत्ता, तेज एवं शक्ति प्राप्त हुन्छ । आत्मिक ऊर्जामा बढोत्तरी हुन्छ । सरकारी कर्मचारीका लागि यो रुद्राक्ष विशेष लाभदायी हुन्छ । यसबाट प्रमोशन, चाहेको ठाउ“मा पोस्टिङ, पद, प्रतिष्ठा तथा अन्य लाभ प्राप्त हुन्छ । यो रुद्राक्ष हरेक अवस्थामा शुभफलदायी हुन्छ । यसले व्यक्तित्वमा निखार ल्याएर आत्मविश्वास बढाउने काम गर्छ ।

 

१३ मुखी रुद्राक्ष 

१३ मुखी रुद्राक्षका स्वामी देवराज ईन्द्र तथा अधिपति कामदेव हुन् । धारणकर्ताको सम्पूर्ण सांसारिक मनोकामना पूर्ण गराउ“छ । आकर्षणशक्ति तथा चामत्कारिक व्यक्तित्व प्राप्त हुन्छ । सिद्धि जागृत हुनुका साथै कुण्डलिनी जागृत गराउनमा सहायकसिद्ध हुन्छ । यो रुद्राक्ष फिल्म अभिनेता, राजनेता एवं व्यापारीहरुका लागि विशेष लाभदायक मानिन्छ । धारणकर्ताप्रति आकर्षण तथा जनाधार बढ्न थाल्छ ।

 

१४ मुखी रुद्राक्ष

चौध मुखी रुद्राक्षलाई अनमोल ईश्वरीय रत्न मानिन्छ । यसलाई साक्षात ‘देवमणि’ भनिन्छ । यसका अधिपति स्वयं भगवान शिव तथा महाबली हनुमान हुन् । धारणकर्तालाई दुर्घटना, यातना तथा चिन्ताबाट मुक्त बनाउ“दै सफलतातर्फ उन्मुख गराउ“छ । यो रुद्राक्ष धारण गर्नाले शनी तथा मंगल दुवै ग्रहको दोष निवारण हुन्छ ।

 

१५ मुखी रुद्राक्ष 

यो रुद्राक्ष भगवान पशुपतिनाथको स्वरुप मानिन्छ । यसले मुटुरोग, मधुमेह, दमजस्ता रोगमा राहत दिन्छ ।

 

१६ मुखी रुद्राक्ष 

यो रुद्राक्षलाई भगवान शिवको महामृत्युञ्जय रुप मानिन्छ । यसलाई विजय रुद्राक्ष पनि भनिन्छ । यसले शत्रु परास्त गरेर दिग्विजयी हुन शुभाशिष प्रदान गर्छ । यसलाई धारण गर्नु प्रति दिन १,२५,००० महामृत्युञ्जय मन्त्र जप गर्नु बराबर मानिन्छ ।

 

१७ मुखी रुद्राक्ष 

यसका अधिपती विश्व निर्माता विश्वकर्मा हुन् । धारणकर्तालाई धर्म, अर्थ, काम र मोक्ष प्राप्त हुन्छ । कार्यक्षेत्र एवं भाग्यमा लगातार बढोत्तरी चाहनेहरुका लागि यो अत्यन्त लाभदायी हुन्छ । कात्यायनी तन्त्रका अनुसार धारणकर्तामाथि लगातार सफलता, अचानक सम्पत्ति तथा सांसारिक सुखको वर्षा हुन्छ ।

 

१८ मुखी रुद्राक्ष

यसलाई भूमिदेवीको स्वरुप मानिन्छ । यो धारणकर्ताका लागि व्यवसाय, भूमि व्यवहार तथा अपार वैभवको बाटो खोल्ने शक्तिशाली रुद्राक्ष हो । यसलाई धारण गर्नाले मधुमेह तथा पक्षाघातमा आराम मिल्छ ।

 

१९ मुखी रुद्राक्ष

यो भगवान नारायण स्वरुप मानिन्छ । यसले शरीरको सम्पूर्ण चक्र खोलिदिने हुनाले धारण गर्ने व्यक्ति सम्पूर्ण रुपमा रोगमुक्त हुन्छ । यो नोकरी, व्यवसाय, शिक्षा आदिमा उत्पन्न सारा अवरोध हटाउन सक्षम छ ।

 

२० मुखी रुद्राक्ष

यो रुद्राक्षलाई ब्रह्मा स्वरुप मानिन्छ । यसमा नवग्रह, दश दिक्पाल तथा त्रिदेवको शक्ति समावेश हुन्छ । यसलाई धारण गर्नाले मानिस इच्छाधारी बन्नसक्छ ।

 

२१ मुखी रुद्राक्ष

यो दुर्लभ रुद्राक्ष कुबेरको स्वरुप मानिन्छ । धारण गर्ने व्यक्तिले अपार जमिन, सम्पत्ति, सुख एवं समस्त भौतिक इच्छा पूर्ण हुने वरदान पाउ“छ ।

 

गौरीशंकर रुद्राक्ष

२ वटा रुद्राक्ष प्राकृतिक रुपमै जोडिएर एउटै बनेकोलाई गौरीशंकर रुद्राक्ष भनिन्छ । यसले शिवपार्वतीको एकरुपताको प्रतिनिधित्व गर्छ । यसलाई धारण गर्दा वा घरमा राख्दा परिवारका सम्पूर्ण सदस्यमा एकता तथा समाजका सबै वर्गमा भाइचारा बनिरहन्छ ।

 

स्मरणीय के छ भने रुद्राक्ष सक्कली हुनु आवश्यक छ । काठ तथा प्लाष्टिकबाट बुट्टा कु“देर बनाई झुक्याएर बेचिएका रुद्राक्षले लाभको साटो हानि गर्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको