यी अस्पतालमा हुनेछ कोरियन भाषा परीक्षा पास गरेकाको स्वास्थ्य परीक्षण

बुधबार, २३ साउन २०७५

 

काठमाडौं- सन् २०१८ को  रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियन भाषा परीक्षा उतीर्ण गरी उत्पादनमूलक र कृषि तथा पशुपालनतर्फ छनोट भएका उम्मेदवारको आगामी भदौ ४ देखि ११ गतेसम्म स्वास्थ्य परीक्षण हुने वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले जनाएको छ। 

 

मीनभवनस्थित निजामती अस्पताल,

टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल,

लगनखेलस्थित पाटन अस्पताल,

थिमीस्थित कोरिया नेपालमैत्री अस्पतालमा स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको भाषा परीक्षा निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए।

 

गत जेठ २६ र २७ गते लिइएको नवौँ चरणको कोरियन भाषा परीक्षामा ७ हजार ९९६ जना उतीर्ण भएका थिए।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको