राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

मङ्गलबार, १८ मङि्सर २०७५

वैदिक पञ्चाङ्ग दर्शन

वि.सं. २०७५ साल मंसिर  १८  गते ।  मंगलबार । इश्वी सन् २०१८ डिसेम्बर ४ तारिख। विरोधकृत् नाम संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेपाल संवत् ११३९ । मंसिर कृष्ण पक्ष -द्वादशी ,तिथि – पराह्न १:३ बजेउप्रान्त त्रयोदशी तिथि। स्वाती नक्षत्र – बिहान ५ :१० बजेउप्रान्त विशाखा नक्षत्र । आनन्दादिमा  ध्वज योग । (चन्द्रमा आज   तुला )  काठमाडौंमा सूर्योदय  बिहान – ६:४० बजे, सूर्यास्त– साँझ ५: ६ बजे।

कुनै पनि महत्वपुर्ण  काम काराेबार गर्दै हुनुहुन्छ भने शुभ समयमा गरिएका कामहरु सफल हुनेछ ।

शुभसमय :- शुभ बेला बिहान ७: ५२ देखि  १:१५ सम्म शुभ अमृत बेला ११ :३५ – देखि ३: ४९ सम्म शुभ  


मेष

महत्वपूर्ण स्थानमा बोली बिक्ने सम्भावना समेत छ । विभिन्न सामाग्री किनमेल गर्न आजको दिन राम्रो छ । स्वास्थ्य सबल छ ।

बृष

दिक्क लाग्दो समयको समाप्ति हुँदैछ, अब हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ । दिउँसोबाट तपाईंका असन्तुष्टि समाप्त हुनेछन् ।

मिथुन

ज्ञानको उदय हुनसक्छ । कामप्रति लगनशीलता बढ्ने छ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ ।

कर्कट

सामाजिक क्षेत्रमा मानसम्मान र प्रतिष्ठामा प्राप्ति हुने सम्भावना छ, तर आफ्नै क्रियाकलापले नकारात्मक असर पर्न सक्छ । तपाईंले गर्नु भएको बाचा पूरा गर्न सङ्घर्ष गर्नुपर्छ

सिंह

बन्धुबान्धव र दाजुभाइले कामधन्दामा सहयोग गर्न सक्दैनन् । मातापिताको आशीर्वाद प्राप्त गरेमा हाँके/ताकेका जुनसुकै काममा सफलता पाउन सकिन्छ ।

कन्या

धर्म, दर्शन र अध्यात्मतर्फ मन आकर्षण हुनेछ । कर्मक्षेत्रमा चन्द्रमाको प्रवेश हुँदैछ, त्यसैले बन्दव्यापार र कामधन्धाका क्षेत्रमा खट्ने समय आएको छ ।

तुला

दाम्पत्यसुख, प्रेमसम्बन्ध तथा पारिवारिक स्थितिमा सुधार आउने छ । दीर्घकालीन व्यवस्थापनका क्षेत्रमा आर्थिक लगानी हुनेछ । आत्मविश्वासमा अभिबृद्धि हुनेछ ।

बृश्चिक

सानातिना घरायसी समस्याहरू देखिए पनि तिनले दैनिकीमा खास फरक पार्ने स्थिति छैन । जीवनसाथीसित वैचारिक मतभेद हुनसक्छ ।

धनु

शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ । घरायसी सुखसुविधा र मायाप्रेमका लागि समय दिनुपर्ने छ । खानपिन, घुमघाम एवं भेटघाटको बेला छ ।

मकर

आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । खर्च बढ्न सक्छ । रिसको कारणले असर पुर्याउने सम्भावना समेत छ ।

कुम्भ

घरायसी समस्यामा दौडधूप गर्नुपर्ने भएकाले सुरुमा खिन्नता बढ्न सक्छ, तर दिन नराम्रो छैन । गरेको प्रयासबाट सार्थक फल प्राप्त हुनेछ ।

मीन :

प्रेम र प्रणयसम्बन्धमा तिक्तता आउनसक्छ । मातापिता वा घरका ज्येष्ठसदस्यको स्वास्थ्यमा समस्या देखापर्न सक्छ ।

 

 


ज्योतिष तथा वास्तु शास्त्री सुरेश चन्द्र रिजाल

सचिब :- दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपाल

 संपर्क नं . ९८५१०६११२४  Followed / facebook.com/suresh.rijal3


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको