विवाहपछि मोटाउने डर, यसरी राखौं आफुलाई फिट

मङ्गलबार, ०८ माघ २०७५

 

विभिन्न शोधले देखाएको छ, विवाहपछि अक्सर महिला मोटाउँछन् । यसका अनेक कारण छन् । विवाहपछि उनीहरुले आफुलाई घर-गृहस्थीमा लगाउँछन्, दैनिक जीवन बद्लिन्छ, विवाह वा प्रेमको तनावबाट मुक्त हुन्छन्, राम्री देखिनुपर्ने भन्दा पनि स्वास्थ्य रहनुपर्ने मानसिकता विकास हुन्छ । यस्ता अनेक कारणले महिलाहरु विवाहपछि मोटाउँछन् ।

विवाहअघि भने उनीहरु सकेसम्म फिट एन्ड फाइन रहने यत्न गर्छन् । आफुलाई कसरी आकर्षक देखाउने भनेर हर-संभव प्रयास गर्छन् । फिट रहनकै लागि उनीहरु डाइटिङ्ग गर्ने, एक्सरसाइज गर्ने गर्दछन् । उनीहरुमा भ्रम छ, विवाहमा आफूलाई फिट तथा आर्कषक देखाउन पनि विवाहको समयमा आफूलाई फिट राख्न जरुरी छ ।

जबकी विवाह अघि मात्र नभएर विवाह पछि पनि आफुलाई फिट राख्न जरुरी छ ।

किन जरुरी छ शरीरलाई फिट राख्न ?

श्रीमान श्रीमतीबीचको सम्बन्धमा फिटनेशले खास प्रभाव पार्दछ । केही जोडीमा गरिएका सर्वेक्षणले समेत यो कुरालाई पुष्टि गरिसकेको छ । सर्वेक्षणका क्रममा केही जोडीलाई एउटा जिम्मेवारी दिइएको थियो । जसमा उनीहरुले आˆना पार्टनरलाई ‘म तिम्रो लागि फिट , हेल्दी तथा आर्कषक देखिन चाहन्छु’ भन्नु पर्ने थियो’ ।

यो भनाईसँगै उनीहरुको सम्बन्ध प्रगाढ हुनुका साथै सुमधुर भएको पाइएको थियो । यसका लागि उनीहरुलाई वर्कर्आउटका साथमा डायट सेवन गर्न लगाइएको थियो । परिणामस्वरुपम, उनीहरुको सम्बन्ध सुमधुर हुनुका आफू प्रतिको आत्मविश्वास समेत बढेको पाइएको थियो ।

यस सर्वेक्षणबाट आएको नतिजाले पनि के देखाउँछ भने विवाह पश्चात्त महिला तथा पुरुषले पनि आˆनो फिटनेशमा विशेष ध्यान दिन जरुरी छ ।

किन गर्छन्, लापरवाही ?

मानिसहरु सोच्छन्, सुन्दर हुने भनेकै विवाह नहुञ्जेल हो । त्यसैले, जबसम्म विवाह हुँदैन, तबसम्म उनीहरु आफूलाई आर्कषक र  सुन्दर देखाउन जुनसुकै कुरा गर्न पनि पछि पर्दैनन् । र, विवाह भएपछि भने आˆनो शरीरको रत्तिभर पनि ध्यान दिदैनन् । उनीहरु भन्ने गर्छन्, विवाह त भैसक्यो, अब कसका लागि राम्रो देखिनु ?

फेरी जति समय वित्दै गयो, उनीहरुमा जिम्मेवारी पनि बढ्दै जान्छ । घर परिवारको जिम्मेवारी, वच्चाहरुको पढाई लेखाईमा उनीहरुको समय यसरी वित्छ की उनीहरुसित स्वंयका लागि समेत समय बच्दैन । त्यतिमात्र हैन, यस्ता विभिन्न कारण तथा तनावले पनि उनीहरुलाई आˆनो स्वास्थ्यलाई लिएर लापरवाही गर्न बाध्य बनाउँछ ।

विवाह पपछि करियर बनाउने चुनौती र विभिन्न किसिमको तनाव यति धेरै हुन्छ, कि शरीरलाई फिट राख्न समय निकाल्नु पनि हाम्रो लागि अनावश्यक लाग्छ थाल्छ । मोटोपना, थकान तथा अत्तिरिक्त तौल नै हाम्रो पहिचान बन्न थाल्छ । शरीरमा न त कुनै उर्जा बाँकी रहन्छ, न त कुनै चमक देखा पर्छ । र, यसको सोझो असर उनीहरुको दाम्पत्य जीवनमा पर्ने गर्छ । उनीहरुबीचको आर्कषण कम हुँदै जानुको साथै, उनीहरुबीच मनमुटाव समेत बढ्ने गर्छ । र, यसको प्रभाव उनीहरुको शारीरीक सम्बन्धमा समेत पर्न थाल्छ ।

कसरी ?

जब हामी फिट रहन्छौ, हाम्रो इनर्जीको लेभल पनि उच्च हुने गर्छ । यसको सकारात्मक प्रभावमा हाम्रो शरीर पर्दछ । जसले गर्दा मानिस आर्कषक देखिन थाल्छ । र, जब मानिस आर्कषक देखिन थाल्छ, यसको प्रत्यक्ष प्रभाव उनीहरुको शारीरीक सम्बन्धमा पनि पर्छ ।

शरीरलाई फिट राख्न सन्तुलित आहारका साथै नियमित व्यायाम जरुरी छ । र, खानपान सन्तुलित भएमा यसले शारीरीक सम्बन्ध कायम गर्ने क्षमता पनि बढाएर सम्बन्ध प्रगाढ बनाउने गर्छ । शरीर फिट रहेमा आत्मविश्वास बढ्ने गर्छ। र, आत्मविश्वास बढेमा सम्बन्ध पनि उत्साहजनक हुन्छ । अन्यथा, तनाव र थकानको असर शारीरीक सम्बन्धमा समेत पर्दछ ।

शरीरलाई फिट राख्न कसरी गर्ने उत्प्रेरित ?

हिन्दू धर्ममा विवाहलाई निकै पवित्र मानिन्छ । यसलाई केटा र केटी बीचको मेलमात्र नभएर  दुई परिवार बीचको मेलको रुपमा पनि हेरिने गरिन्छ ।

त्यसैले, विवाह पश्चात्त महिला तथा पुरुषको जीवनमा धेरै कुरा बदलिने गर्छ । जसले गर्दा उनीहरु घर परिवारमा यति धेरै व्यस्त हुन्छन् कि उनीहरुलाई आˆनो लागि समेत पर्याप्त समय हुँदैन । यसले शरीरमा उर्जाको पनि हुनुका साथै नैराश्यता समेत उत्पन्न हुने गर्छ । नैराश्यताकै  कारण श्रीमान श्रीमति एक अर्काबाट टाढा हुने गर्दछ । त्यो कम गर्नका लागि पनि श्रीमान श्रीमतिले आफै कुनै विकल्प खोज्न जरुरी छ ।

आˆना लागि टाइमटेबल तथा सेड्युल तयार पारेर पनि यो समस्यालाई कम गर्न सकिन्छ ।

-एउटा डायरीमा उक्त टाइमटेबल सेट गर्ने । त्यसमा  दैनिक गरिने कार्य तथा खानेकुरा र तयसमा भएको क्यालोरीको सुची बनाउने । –त्यसपछि प्रत्येक शनिवार उक्त डायरीलाई रिभ्यू गरेर यो साता के के गरे, के गरिन भनेर आˆना कमीकमजोरीलाई औल्याउने ।

-विहान विहान जगिङ्ग तथा वर्कआउट गर्ने। यसले शरीर फिट रहनुका साथै एकअर्कासित बढी भन्दा बढी समय व्यतित गर्न सकिन्छ ।

– कसले पहिले तौल घटाउने भनेर एक अर्कालाई च्यालेञ्ज गर्ने । ।

-घरको काम मिलीजुली गर्ने । यसले एक्सरसाइज हुनुका साथै सम्बन्ध प्रगाढ बन्छ ।

-विवाहको छ महिना पछि नै  ५-७ केजी वजन बढेमा त्यसलाई विस्तारै कम गर्ने कोशिश गर्ने ।

-पार्टनरलाई तौल घटनाउन उत्प्रेरित गर्नका लागि स्लिम देखिने लुगा किन्न प्रोत्साहित गर्ने ।

-व्लड प्रशर, सुगर लगायतका नियमित स्वास्थ्य परीक्षण गर्ने ।

-बच्चा हुँदैमा आफूलाई महत्वहीन नसम्झने ।

प्राय जोडी बच्चा जन्मिसकेपछि आफूलाई महत्वहिन सम्झने गर्छन् । र, उदास हुने गर्छ । जबकी बच्चा जन्मे पनि प्रत्येक आमाबाबुले

सन्तुलित आहार, स्वस्थ खानपान तथा नियमित एक्ससाइज गरेर आफूलाई फिट राख्न सक्दछन् । । र, आफू फिट रहेमा बच्चाहरुले पनि तपाईबाटै उत्पे्ररित भई आफूलाई फिट राख्ने गर्दछन् ।

के भन्छन्, विज्ञ ?

-वर्कआउट, नियमित एक्सरसाइज, योगा, मेडिटेशनद्धारा तनाव कम गर्न सकिन्छ ।

-विज्ञका अनुसार तनावले कुनै पनि व्यक्तिलाई शारीरीक तथा मानसिक रुपमा कमजोर बनाउने गर्छ । जसले गर्दा सम्बन्धमा चिस्याहट, जोश तथा आत्मीयता क्रमश कम हुन थाल्छ ।

-त्यतिमात्र हैन, श्रीमान श्रीमति बीचको सम्बन्ध खराब हुनुमा तनाव पनि मुख्य कारक मानिन्छ ।  किनकी जहाँ तनाव हुन्छ, त्यहाँ श्रीमान श्रीमति बीचको सम्बन्ध सुमधुर हुँदैन । जसले गर्दा सम्बन्धमा तिक्तता आउँछ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको