‘ग्लोबल डिजिटल हेल्थ पार्टनरसीप’ सम्बन्धी सम्मेलनमा सहभागि हुन मन्त्री यादव दिल्लीमा

सोमबार, १३ फागुन २०७५

 
काठमाडौं,  उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव आजबाट सुरु हुने ‘ग्लोबल डिजिटल हेल्थ पार्टनरसीप’ सम्बन्धी चौथो सम्मेलनमा भाग लिन भारत पुगेका छन् । स्वास्थ्य क्षेत्रमा अपनाइएका सूचना प्रविधिका विषयमा छलफल गर्ने उदेश्यका साथ आयोजित सम्मेलनमा भाग लिन मन्त्री यादव आइतबार भारतको राजधानी दिल्ली पुगेका हुन् ।
 
 
सम्मेलनको पहिलो दिन आज विभिन्न देशले स्वास्थ्य सेवा प्रदान गर्न अपनाएका नीतिगत वातावरण, चिकित्सकीय पद्धति, तथ्यपरक मूल्याङ्कन, साइवर सेक्युरिटी र स्वास्थ्यमा सर्वव्यापी पहुँच र दिगो विकासको लक्ष्य हासिल गर्न सूचना प्रविधिको भूमिकाबारे छलफल गर्ने छन् । सम्मेलनको तेस्रो दिन प्रदर्शनीमा सहभागी हुने विभिन्न देशका सरकारी प्राज्ञ, अनुसन्धानकर्ता, उद्योगपतिका साथै स्वास्थ्य प्रविधिका क्षेत्रमा क्रियाशिल स्थायी २३ राष्ट्रहरुले प्रदर्शनीमा भाग लिने छन् ।
 
सम्मेलनमा विश्वका ६० देशका स्वास्थ्यमन्त्री, स्वास्थ्य क्षेत्रका नीति निर्माता, विज्ञहरुको सहभागिता रहने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सम्मेलनले एक अर्को राष्ट्रमा भएका आधुनिक प्रविधि तथा त्यसको सदुपयोगको ज्ञान साटासाट गर्न र स्वास्थ्य क्षेत्रमा नयाँ सूचना प्रविधि भित्र्याउन सहयोग मिल्ने अपेक्षा गरिएको छ ।

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको