शिवरात्री र महायज्ञको अवसरमा महालक्ष्मी विकास बैंकद्वारा निशुल्क पिउनेपानि

बुधबार, २२ फागुन २०७५

महालक्ष्मी विकास बैंक लिमिटेड शाखा कार्यालय घोराही दाङ ले शिवरात्री र महायज्ञको अवसर पारी यही फाल्गुन १५ गतेदेखि पाण्डवेश्वर धाम धारापानीमा निशुल्क पिउने पानी बितरण गरेको छ । सो अविधभर बैंकले चालीस हजार भक्तजनहरूलाई निशुल्क शुद्ध पिउनेपानी बितरण गरेको घोराही शाखाका प्रमुख हरि भट्टराईले जानकारी दिनुभयो । बैकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो कार्यक्रम गरेको र आगामी दिनहरुमा समेत यस्ता सामाजिक कामहरू गर्दै जाने जनाएको छ । बैंकले हाल ८९ शाखा र ३५ एटीएम टर्मिनल मार्फत सेवा प्रदान गर्दै आएको र थप १२ शाखा शिघ्र खुल्ने क्रममा रहेको पनि  जनाएको छ ।




To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको