नेपालमा वार्षिक ४५ अर्बको औषधि कारोवार

शुक्रबार, ०६ बैशाख २०७६

 

काठमाडौँ । नेपालमा वार्षिक रु ४५ अर्ब बराबरको औषधि कारोवार हुने गरेको छ । नेपाल औषधि व्यवसायी सङ्घको शुक्रबारदेखि दुई दिनसम्म पोखरामा हुने राष्ट्रिय अधिवेशनको पूर्वसन्ध्यामा आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले देशमा कूल २१ हजार औषधिको व्यवसायमा आबद्ध भएको जानकारी दिए ।

 

गुणयुक्त, जनसुरक्षित औषधि सुलभ तरिकाले जनसमक्ष पु¥याउने उद्देश्यका साथ सङ्घको स्थापना भएको बताउँदै उनले प्रादेशिक संरचनामा आधारित संशोधित विधानअनुसार राष्ट्रिय अधिवेशन गर्न लागिएको जानकारी दिए ।अधिवेशनमा केन्द्रीय नेतृत्व चयनका लागि देशभरबाट २७० प्रतिनिधिले मतदानमा भाग लिने सङ्घले जनाएको छ


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको