खोकी लाग्यो ? दालचिनीको धुलो पानीमा पकाएर खानुहोस्, एक दिनमै खोकी चट्

शनिबार, ०५ चैत २०७३

 

दालचिनी श्रीलङ्काबाट अन्यत्र फैलिएको मानिन्छ। इसापूर्व पाँचौँ शताब्दीतिर नै अलैँची समुद्रको बाटो हुँदै मिश्रमा पुगिसकेको मान्यता छ। दालचिनीमा भएको पिरो पिरो स्वादमा औषधीयुक्त गुण पनि रहन्छ।



दालचिनी र अलैँची दुबै मिसाएर प्रयोग गर्नाले भोजन पचाउन र पोषणमा मदत गर्छ। यस्ता समस्यामा दालचिनीले फाइदा गर्छ



वाकवाक लाग्दाः एउटा सानो टुक्रा दालचिनी मुखमा राखेर चुसिरहने। खासगरी गर्भावस्थामा, मोटर चढेको बेला, गर्मी बढी हुँदा दालचिनी चुस्दा फाइदा हुन्छ।



झाडापखाला लाग्दा : एक चम्चा जिराको धुलो, एक चम्चा अदुवाको धुलो र एक चम्चा दालचिनिको धुलो महमा मिसाएर लेदोजस्तो बनाने, दिनको तीन चोटी एकएक चम्चा खाँदा फाइदा पुग्छ।



मुख गन्हाउँदा : दालचिनीलाई मसिना टुक्रा पारेर एक चम्चा पानीमा भिजाएर उमाल्ने र त्यस पानीले बारम्बार मुख कुल्ला भिजाएर उमाल्ने र त्यस पानीले बारम्बार मुख कुल्ला गर्ने साथै मुखमा दालचिनी वा सुप राखेर चुस्दा मख गन्हाउने समस्याबाट छुटकारा पाउन सकिन्छ।
 


सुत्केरीको दूध बढाउन : आधा चम्चा दालचिनीको धुलो राखि एक कप दूधमा मिसाएर खाँदा फाइदा हुन्छ।



खोकी लाग्दा : अदुवाको धुलो र एक चौथाइ चिया चम्चा दालचिनीको धुलो पानीमा पकाउने, पानी उमालेपछि कागती र मह पनि हालेर खादाँ स्वाद बढनुको साथै चिसो हटाउन पनि मद्धत गर्छ।
 


चिसो लागेर घाँटी दुख्दाँ : आधा चिया चम्चा दालचिनी र आधा चिया चम्चा मरिच पानीमा मिसाएर उमाल्ने र मह र कागती मिसाएर पिउन घाँटी दुख्न कम हुन्छ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको