सरकारलाई निजी ल्याबहरुको चुनौती, पीसीआर टेष्टको ३८९९ रुपैयाँ लिने घोषणा

सोमबार, १२ असोज २०७७

काठमाडौं । कोरोना परीक्षणमा चर्को शूल्क असुल्दै आएका निजी प्रयोगशालाहरुले सरकारकोे निर्देशन नमान्ने बताएका छन् । ८ वटा ल्याबले संयुक्त वक्तव्य नै जारी गर्दै आरटी–पीसीआर टेष्टको शूल्क ३८९९ रुपैयाँ लिने बताएका हुन् ।

 

सरकारले पीसीआर टेष्टको शूल्क २ हजार तोकेको छ । तर निजी प्रयोगशलाहरुले चर्को शूल्क लिइरहेको पाएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको शूल्क मात्र लिन भनेको थियो ।

 

तर स्टार, ह्याम्स, बीएण्डबी, मेडिसिटी, डिकोड, सौर्य, सेन्ट्रल डायगनोस्टिक र इन्ट्राप्रिड प्रयोगशालाले संयुक्त वव्यक्त जारी गर्दै ३८९९ रुपैयाँ शूल्क लिने बताएका छन् । विश्व श्वास्थ्य संगठनको मापदण्ड बमोजिम यो शूल्क यथार्थपरक रहेको उमेत उनीहरुले दाबी गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले कोरोना परीक्षण शूल्क निर्धारण गर्दा न्यायोचित दररेटमा गर्नुपर्ने निजी ल्याबहरुको माग छ ।


हेर्नुहोस् संयुक्त प्रेस विज्ञप्तिः


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?

डायबेटिजको बिरामीले बेग्लै खाना खानु जरुरी छैन

सुगर, डाइभिटिज, मधुमेह र चिनीरोग सबैलाई एउटै नामले चिनिन्छ । यसलाई सामान्य भाषामा बुझ्दा शरीरमा चिनीको मात्रा धेरै देखिनु हो...

सर्वाधिक पढिएको