सुगर, मुटु, दाँत दुख्नेलगायतका समस्याबाट बच्न ज्वानो सेवन गर्नुहोस्

शनिबार, ०५ चैत २०७३

 

ज्वानो विभिन्न रोगको उपचारका लागि अचुक औषधीको रुपमा मानिन्छ । ज्वानो प्राय सबै घरको भान्छामा सजिलै रुपमा पाइन्छ । ज्वानोले तपाईको घरमा पाक्ने खानाको स्वाद बढाउनुका साथै पेटमा लाग्ने विभिन्न रोगलाई समेत टाढा राख्न मद्दत राख्छ । यस्तै हरेक बिहानी ज्वानाको पानी खाली पेटमा पिउनाले शरीरको लागि लाभदायक साबित हुन्छ ।



ज्वानोको पानी पिउनाले हुने फाइदाहरु यसप्रकार छन् :

१. प्रत्येक दिन ज्वानोको पानी पिउनाले डाइबेटिज हुने खतरा कम हुन्छ ।

२. मुटुमा लाग्न सक्ने रोगबाट बच्न ज्वानोको पानी एक अचुक औषधीको रुपमा लिइन्छ ।

३. मुख सम्बन्धी लाग्ने रोगको उपचारका लागि पनि यो फाइदाजनक हुन्छ । यदि तपाई बिहान ज्वानोको पानी पिउनु हुन्छ भने यसबाट दाँत दुख्ने तथा मुख गन्हाउने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

४. ज्वानोको पानी पेटमा लाग्ने रोगलाई टाढा भगाउन समेत सहयोग गर्छ साथै यो पानी पिउनाले कब्जियतबाट पनि राहत मिल्छ । यस्तै यसले खानालाई चाढै पचाउन समेत मद्दत गर्छ ।

५. ज्वानोको पानी दिनकै पिउनाले शरीरको मेटाबोलिजम बढाउँछ जसले गर्दा तपाईको शरीरको तौल घटाउन समेत निकै सहयोग पुरयाउँछ । यो पानी दिनको दुईपटक पिउनाले डाइरिया जस्ता बिमारीलाई समेत टाढा भगाउँछ ।

६. यो पानी पिउनाले जाडो र कफ बस्ने समस्याबाट समेत छुटकारा पाउन सकिन्छ ।

७. यदि तपाईलाई सधै टाउको दुखाईले सताइरहेको छ भने ज्वानोको एक कप पानी पिउनुहोस् । यसबाट तपाईलाई राहत मिल्छ ।

८.आजभोली बढ्दै गएको आधुनिकतासँगै निन्द्रा नलाग्नु एक समस्या बन्दै गइरहेको छ । यदि तपाई पनि निन्द्रा नलागेर हैरान हुनुहुन्छ भने राती सुत्नु अघि एक कप ज्वानोको पानी पिउनुहोस्, यसबाट तपाईलाई राम्रो निन्द्रा लाग्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको