क्यान्सर, हृदयघात, डाईबेटिज र मोटोपनाबाट छुटकरा पाउन नियमित लसुन प्रयोग गर्नुहोस्

शनिबार, ०५ चैत २०७३

 

एजेन्सी । लसुन संसार भरीनै लोकप्रिय छ, लसुन बिनाको भान्साको कल्पनानै गर्न सकिन्न। त्यसै पनि बुढा पाकाहरु लसुनलाई एकदम उत्तम घरेलु औषधी मान्ने गर्दछन् । लसुनमा यस्तो तत्व पाईन्छ, जसले गर्दा हाम्रो स्वस्थमा निकै फाईदा गर्दछ।

लसुनले हाम्रो शरिरमा कोलस्टोरको मात्रा कम गर्नुका साथै क्यान्सरसंग पनि लड्ने क्षमता दिन्छ । यसको दैनिक प्रयोगले हाईपरटेन्सन, डाईबेटिज र रुघा खोकी पनि कम गर्दछ । स्वास्थ्य विज्ञहरुका अनुसार लसुनले मोटोपना घटाउन पनि मद्दत गर्दछ।

यसले हाम्रो शरिरको मेटाबोलिजम बढाउछ जसले शरिरको क्यालोरी घटाउन मद्दत गर्दछ। लसुनले हाम्रो शरिरमा भएको खराब कोलिस्टोर घटाउँछ,जसले गर्दा हृदयघात हुनबाट जोगाउँछ । लसुनको सेवनले रगत सफा हुने बिज्ञहरुको भनाई छ। जस्ले गर्दा रगत जम्मे सम्भावना निकै नै कम हुन्छ,र यसले एन्टी क्यान्सर ,एन्टी ईम्फ्लामेट्री र शरिरमा कोलस्टोर घटाउने काम गर्दछ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको