बेथेको साग खाँदा हुने फाइदा

शनिबार, ०५ चैत २०७३

 

हाम्रै गाउँघरमा हेला गरिने बेथेको सागले मानव स्वास्थ्यमा पुर्याउने फाइदाको बारेमा हामी मध्ये धेरैलाई थाहा नहुन सक्छ । क्यान्सर , पत्थरी, कब्जियत जस्ता रोगलाई निर्मुल पार्न बेथेको साग नियमित खानुहोस् :

बेथेको साग खाँदा हुने  फाइदा
आज डिसी नेपाल तपाईहरुलाई सागसब्जीको रुपमा प्रयोग गरिने बेथेको साग नियमित प्रयोग गरियो भने मानव स्वास्थ्यमा हुने फाईदाका बारेमा जानकारी गराउँदै छ । बेथेको साग नियमित प्रयोग गर्नाले अनेकन रोगहरु हराएर जाने आयुर्वेद अनुसन्धानले पुष्टि समेत गरेका छ ।

 


स्तन क्यान्सर : आयुर्वेदमा गरिएको एक अनुसन्धानले बेथेको साग नियमित सेवन गर्नाले स्तन क्यान्सरको सम्भावना बिस्तारै कम हुँदै जान्छ । यसमा उपलब्ध सेलिनियम, ओमेगा–३ र ६ – फ्याट एसिड स्तन क्यान्सररोधक हुन्छन् ।
 


जोर्नी दुख्ने : बेथेको १० ग्राम दानालाई करिव दुई मिलीलीटर पानीमा उमाल्नुहोस् । ५० मिलीलीटर रहुन्जेल उमालेपछि ताततातै पिउँनुहोस् । यस्तो एक महिनासम्म विहान–बेलुका पिउनुहोस्, जोर्नी दुखाईबाट तपाईलाई राहत मिल्छ । यसको ताजा पातलाई पिसेर हल्का तताएर दुखेको ठाउँमा राखेर बाध्नुहोस् । यसो गर्नाले आराम महसुश हुन्छ ।



पेटसम्बन्धी रोग : जहिलेसम्म बेथेको सब्जी मिल्छ, खाने गर्नुहोस् । बेथेलाई पानीमा उमालेर पिउनुहोस् । यसले पेटका हरेक प्रकारका रोगलाई पनि ठिक गर्छ ।



पत्थरी : एक गिलास काँचो बेथेको रसमा सख्खर मिसाएर दैनिक पिउने गर्नुहोस्, पथ्थरी गालेर झार्छ।

कब्जियत : बेथेले पेटलाई ताकत दिन्छ र कब्जियत हुन दिँदैन । यसले पेटलाई सफा गर्छ ।



अनियमित महिनावरी : दुई चम्चा बेथेको दाना एक गिलास पानीमा उमाल्नुहोस् । पानी आधा सुकेपछि छानेर पिउँनाले रोकिएको महिनावारी खुल्छ ।



छालासम्बन्धी रोग : बेथेलाई उमालेर निचोरेर रस पिउनाले र सागलाई सब्जी बनाएर खानुहोस् । २ कप बेथेको पात पिसेर बनाएको रसमा आधा कप तेल मिसाएर हल्का तताउनुहोस् । जब पानी सुकेर तेलमात्र रहन्छ, त्यसलाई छानेर एक सफा सिसाको बट्टामा राख्नुहोस् ।



त्यसलाई छालामा दैनिक लगाउने गर्नुहोस् । लामो समय लगाइराख्ने गर्नु भएमा छालाका दाग, दाथ, चिलाउने, कुष्ठरोग आदि रोग टाढा भाग्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको