गोरो हुन मन छ ? खानुहोस् यी कालो खानेकुरा

शनिबार, ०५ चैत २०७३

 

एजेन्सी । केही काला रङका खानेकुरा यस्ता हुन्छन्, जुन हाम्रो शरीरको लागि एकदमै फाइदाजनक हुन्छन् । डाइटिसियनका अनुसार यस्ता खानेकुरा खानाले हाम्रो छालाको रङ पनि गोरो हुन जान्छ । 

कालो चना - यसमा एन्टिअक्सिडेन्ट हुनुका साथै फाइबरको मात्रा धेरै हुन्छ । जसले छालाको रङलाई गोरो बनाउनुका साथै पाचन प्रक्रियामा सहयोग पुर्याउँछ ।

कालो नुन - कालो नुनमा आइरन तथा क्याल्सियम पाइन्छ । जसको प्रयोग गर्नाले रक्तल्पता कम गरी हड्डी बलियो बनाउँछ ।

कालो तिल - यसमा पोटासियम र फाइवर पाइन्छ । कालो तिलको नियमित प्रयोगले मुटुरोगी र पाचन प्रक्रियामा फाइदा पुर्याउँछ । 

ब्ल्याक कफी - यसमा शरीरभित्र रहेको विकार हटाउने तत्व पाइन्छ । जसले किड्नीको समस्याबाट बचाई अनुहारमा चमक ल्याउदछ । 

कालो अंगुर  यसमा कार्बोहाईड्रेड प्रशस्त मात्रामा पाइन्छ । कालो अंगुर खानाले थकान कम गर्छ र मांशपेशी मजबुत पार्नमा मद्दत गर्दछ । 

डार्क चकलेट - डेरी मिल्क, किटक्याट लगायतका डार्क चकलेट खानाले हाम्रो शरीरलाई फाइदा पुर्याउँछ । डार्क चकलेटमा फ्लेवोनाइट्स तत्व अत्याधिक मात्रामा पाइने भएकोले मुटुरोग लाग्नबाट बचाउछ । साथै व्यक्तिको ‘मुड’लाई ताजा राखिराख्नमा मद्दत पुर्याउँछ । 

कालो मरिच  यसमा प्रोटिन प्रशस्त मात्रामा पाइन्छ । यसको सेवनले तौल घटाउनमा सहयोग गर्दछ भने हड्डी बलियो बनाउछ । 

कालो चिया  कालो चियामा अमिनो एसिड र एन्टिएक्सीडेन्ट हुन्छ । यसको नियमित सेवनले व्यक्तिको तनाबलाई कम गर्दछ र अनुहारको रङ बदलिदिन्छ । 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको