अनुहारबाट थाहा पाउनुहोस् आफ्नो रोग, यी संकेतलाई बेवास्ता नगर्नुहोस्

शनिबार, ०५ चैत २०७३

 

रोगको कुनै न  कुनै संकेत अवश्य हुन्छन् । निकै ध्यान दिएर हेर्ने हो वा याद गर्ने हो भने शरिरमा कस्तो रोग लागेको छ त्यो पत्ता लगाउन सकिन्छ मात्र कस्तो रोग लाग्दा कस्तो संकेत हुन्छन् भन्ने बारे सचेत हुन आवश्यक छ । आज हामी तपाईं यसबारे ८ जानकारी दिँदै छौं ।

 

अनुहार सुन्निएमाः

मृगौलाको समस्या :

यदि अनुहार पूरै सुन्निन्छ भने यो मृगौला रोगको संकेत हो । यो समस्या औषधीको साइडइफेक्टका कारण पनि हुनसक्छ ।

 

दाह्री झर्नुः

हाइपोथायराइडिजम्ः

पुरुषको दाह्रीको झर्न थाले हाइपोथाइराइडिजम्को संकेत हुनुक्छ । यो समस्या एनिमियाका कारण पनि हुनसक्छ ।

 

अनुहारमा रौंः

थाइराइड :

महिलाको ओठ माथि र चिउँडोमा रौं आउन थाले यो थाइराइड वा हर्मोनमा असुन्तुलनको संकेत हुनसक्छ ।

 

अनुहार पहेंलोः

कलेजोको रोग :

लामो समयसम्म अनुहार पहेंलो भए कलेजोको समस्याको संकेत हुनसक्छ । साथै यो जन्डिस वा रक्तअल्पत्ताको संकेत पनि हुनसक्छ ।

 

अनुहारमा सेतो दागः

क्याल्सियमको कमी :

अनुहारमा सेतो दाग हुनु क्याल्सियमको कमीको संकेत हुनसक्छ । साथै, यो आइरनको कमी वा पेटको किरा भएको संकेत पनि हुनसक्छ ।

 

स्पष्ट रुपमा देखिने चम्किलो सेतो दागः

कुष्ठ रोग :

अनुहारमा चम्किलो सेतो दाग हुनु कुष्ठरोगको संकेत हुनसक्छ । यो समस्या निकै गम्भीर हुने गर्दछ । त्यसकारण तुरुन्त डाक्टरलाई भेट्न आवश्यक छ ।

 

पानी फोकाः

ठेउला :

अनुहारमा पानी फोका  आउनु ठेउलाको संकेत हुनसक्छ । यसमा व्यक्तिलाई ज्वरो पनि आउन थाल्छ ।

 

अनुहारमा डण्डिफोरः

हर्मोनमा असन्तुलनः

अनुहारमा लामो समयसम्म डण्डिफोरको समस्या हुनु हर्मोनको असन्तुलनको संकेत हुनसक्छ । पेट सम्बन्धि रोगका कारण पनि यो समस्या निम्तिन सक्छ ।

 

अनुहार सुन्निएः

एन्जियोएडिमाः

लगातार थुप्रै दिनसम्म अनुहार सुन्निरहनु एन्जियोएडिमाको संकेत हुनसक्छ ।

 

अनुहारमा हल्का दागः

पेटमा किरा :

यदि अनुहारमा हल्का सेतो दाग देखिए यो पेटमा किरा भएको संकेत हुनसक्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको