मोही पिउँदा हुने फाइदा जान्नुभयो भने नाफैनाफा

बुधबार, ०९ चैत २०७३

 

जाडो मौसम सकिए सगैँ चिसो पेयको माग बढ्छ। गर्मी मौसम सुरु हुँदैछ, अब रसिला फल र तरल पदार्थको खुबै चाख बढ्छ। 

गर्मी मौसममा हामी आफूलाई सकेसम्म चिसो राख्न कयौँ उपाय अपनाउने गर्छौं।

गर्मी मौसममा हामी चिसो खानेकुरा तथा पेय पदार्थ पिउन बढी रुचाउँछौँ। गर्मीमा राहत पाउनका लागि सबैभन्दा राम्रो पेय पदार्थ भनेको मोही हो। 

दही र पानीको सन्तुलित मात्रामा तयार गरिने मोही गर्मी मौसमको लागि सबैभन्दा उत्तम पेय पदार्थ हो। गाउँ घरमा तिर्खा लाग्दा अझै पनि मोही पिउने चलन छ। मोहीको सर्वत खाएका विगतका दिन पनि तपाँइले सम्झनु भएकै होला।

मोही पिउनुको फाइदा यस प्रकार छ :-

१. शरीरको तापक्रमलाई सँधै निन्यत्रणमा राख्न मद्दत गर्छ । 

२. पाचन क्रिया सँधै राम्रो बनाइ राख्छ । 

३. धेरै मसालेदार खाना खाइसकेपछि हुने जलन र एसिडिटीमा राहत दिलाउँछ। 

४. खाना खाइसकेपछि मोही पिउनाले शरिरमा अतिरिक्त बोसोलाई जम्न दिदैँन।

५. मोहिमा क्याल्शियम, प्रोटीन, भिटामिन बी र पोटाशियमको गुणले भरपुर हुन्छ। 

६. छालालाई चम्किलो बनाउनमा सहयोग गर्छ । मोहीको नियमित सेवनले छाला कोमल र मुलायम बनि रहन्छ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको