महिनावारीको बीच तिर तल्लोपेट किन दुख्छ ?

बिहिबार, ०९ मङि्सर २०७३

कतिपयलाई किशोरावस्था तथा युवा अवथामा महिनावरी तल्लो पेट दुख्ने समस्या भएको बताउँदछन । महिनावारी भइरहँदा तल्लो पेट दुख्नु त सबैका लागि सामान्य जस्तै नै छ तर महिनावारी चक्रको मध्यतिर तल्लो पेट दुख्ने समस्या चाहिँ अलि फरक खालको जस्तो लाग्न सक्छ । यस्तो समस्या थोरै महिलाहरूलाई हुने गरेको अनुसन्धानहरूले जनाएका छन् ।

 

महिनावारी भएको करीब २ हप्ता पछि तल्लो पेटको एकापट्टी मात्रै (दायाँ वा वायाँ पट्टी) दुख्ने हुन्छ । थाहा पाउँन पर्ने कुरा के छ भने, महिनावारी भएको करीब २ हप्ता भन्दा अलि अगाडि देखि डिम्व निस्कासन सुरु भएर पाठेघर तिर ओराले लाग्ने काम गर्न थालेको हुन्छ । डिम्वासायमा भएका थुप्रै डिम्व (अण्डा) हरू मध्ये एउटा डिम्ब परिपक्क बनाएको हुन्छ डिम्ब नली हुँदै पाठेघर तिरको यात्राका लागि । त्यहि बेलमा पेट दुखेको अनुभव गरेका हुन्छन । दाहिने पटिको डिम्बासय निस्कासन हुनलागेको भए पेटको दाहिने तिर र देब्रेतिरको भए देब्रे तिर नै दुख्छ । किनकि पाठेघरको दुबैतिर डिम्बासय हुन्छ ।

 

यस्तो दुखाई सामान्य देखि जटिल अवस्थाको सम्मको हुन्छ । जटिल खालको दुखाई हँुदा अन्य रोग पनि हुनसक्छ भनेर झुक्किन सक्ने संभावना प्रवल हुन्छ । तर महिनावारीको मध्यमा दुख्ने दुखाई विस्तारै आफै हराउँदै जान्छ र २४ घण्टा भित्र निको भै सक्छ । तर पनि दुखाई सुरु भएपछि स्वास्थ्य कर्मीसँग परामर्श लिनु नै राम्रो हुन्छ । डिम्व निस्कासन हँुदा नै दुखेको हो होइन भन्ने थाहा पाउन चिकित्सकहरूले महिनावारीको जानकारी लिन्छन् । अन्य खालका जाँचहरू पनि गराउन सक्छन् ।

 

जानकारी र जाँच पडतालबाट केहि पत्ता नलागे यो डिम्व निस्काशनका कारण भएको भन्ने बुझ्नु पर्छ । यस्तो प्रकृतिको दुखाई हुने महिलाहरूले दुखाई कम गर्ने औषधी खान सक्नेछन् । तातो पानीले नुहाउने र तातो पानीको व्यागले तल्लो पेटमा सेक्दा आराम हुन्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको