अण्डाभन्दा छिटो गल्छन् ओछ्यानमा बेलायतीहरु

आइतबार, १३ चैत २०७३

 

बेलायतीहरुको सहवासको समय निकै छोटो हुने गरेको एक अध्ययनले देखाएको छ । अध्ययन अनुसार बेलायती जोडीहरुको सहवास सत्र औसतमा १० मिनेटभन्दा कम समयको हुने गरेको छ।

 

तर पाकक्रिडालाई पनि जोड्दा भने सहवासको समय १९ मिनेटको हुने गरेको छ ।

 

यसको अर्थ बेलायतीहरु सहवासको मज्जा लिने समयको हाराहारी समय चाहीँ मूडमा आउनकै लागि खर्चिन्छन् । अनलाइन सेक्स टोय कम्पनी लभहनीले गरेको अध्ययन अनुसार धेरै बेलायती जोडीको सहवासको समय ९ मिनेटको हुने गरेको छ । यो भनेको अण्डा ब्वाइल गर्न लाग्ने समय हो । अर्थात् अण्डालाई ब्वाइल गर्दा अण्डा गल्न लाग्ने समय अघि नै औषत बेलायती जोडीहरु सहवासमा गलिसकेका हुन्छन् ।

 

९ मिनेटको सहवासमा पर्याप्त सन्तुष्टि प्राप्त गर्ने बेलायती जोडीहरु केवल ५० प्रतिशत मात्र पाइएका छन् । झण्डै एक चौथाइले चाहीँ पर्याप्त सन्तुष्टि प्राप्त गर्नका लागि कम्तिमा अरु २० मिनेटसम्म सहवास गर्नुपर्ने बताए । यद्यपि दुुई तिहाइ बेलायतीको राय चाहीँ के हुने गरेको छ भने सहवास कम्तिमा १५ मिनेट सम्म चाहीँ हुनैपर्छ ।

 

२१ प्रतिशत बेलायती जोडीले चाहीँ आफुहरुसँग समयको अभाव हुने हुनाले ९ मिनेटमै कामकुरा सकाउनुपर्ने बाध्यता रहेको बताएका छन् ।


अध्ययन अनुसार केवल एक तिहाइ जोडीले मात्र सहवासका बेला दुुबै जनाले एकसाथ यौन आनन्द प्राप्त गर्न नियमित रुपमा सफल हुने गरेका छन् ।

 

अध्ययनमा सहभागी सबैजसो पुरुषले हरेक पटक सहवासमा चरम आनन्द प्राप्त हुने गरेकेा बताएका छन् भने नियमित रुपमा चरम आनन्द प्राप्त गर्ने महिला केवल १ सयमा २८ जना मात्र छन् । एजेन्सी


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको