गिनिज बुकमा नाम लेख्न यसो गर्दैछन् बर्दियाका कर्णले !

बिहिबार, १७ चैत २०७३

 

केही दिन अघि मिडियाबाट विश्व रेकर्ड कायम गर्नका लागि मिसनमा जुटेका बर्दियाको पाताभार ८ थापापुरका कर्ण सन्ज्यालले विश्व रेकर्ड कायम गर्ने कार्य सार्वजनिक गरेका छन् । यसका साथै सबैलाई सहयोगका लागि आग्रह पनि गरेका छन् ।

 

विश्व रेकर्ड कायम गर्नका लागि कर्णले नेपालकै सबैभन्दा लामो सडकपुल बर्दियाको कर्णाली गेरुवा पुलको माथी रहेको फलामको डण्डीमा वारपार गर्ने भएका छन् ।  यो पुलको लम्बाई १ हजार १५ मिटर रहेको छ । यो पुलमा हिँडेर विश्व रेकर्ड कायम नभएमा कर्णाली चिसापानीकोपुल माथि हिँड्ने बताएका छन् । 

 

सानैदिखि गिनिज बुकमा नाम लेखाउने सपना बोकेका कर्ण साङ्गितीक क्षेत्रमा निकै क्रियाशील रहेका छन् । उनी मध्य सुदुरका विभिन्न साँस्कृतिक कार्यक्रम तथा मेलामहोत्सवहरुमा पनि गीत गाउने गरेका छन् । सानै देखिको यो सपना पुरा गर्नका लागि यो सहासिक काम गर्न लागेको साझा सबाललाई बताएका छन् । यसका लागि सहयोग गरिदन विभिन्न सञ्चारमाध्यममा आवद्द पत्रकारहरु तथा अन्य व्यक्तिहरुलाई आग्रह गरेका छन् ।

 

कोठियाघाटको पुलको बारमा आगामी बैशाख १७ गते उनले अाफ्नै जन्मदिनको अवसर पारेर वारपार गर्ने बताएका छन् । सबै बर्दियाली युवा कर्ण सन्ज्यालको यो सहासिक कदम सफल रहोस् शुकामना


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको