देशभर रेखा थापा अभिनीत चलचित्र पलास, केटाकेटीले हेर्न किन नपाउने ?

शुक्रबार, १८ चैत २०७३

 

काठमाडौँ । चर्चित अभिनेत्री रेखा थापा अभिनीत चलचित्र पलास आजदेखि देशभर प्रदर्शनमा आएको छ।

चलचित्र प्रदर्शन हुन तीन दिनअघि यो चलचित्रमाथि सेन्सर बोर्डले कैँची लगाएको थियो। बोर्डले १६ वर्षमुनिका बालबालिकाले हेर्न नपाउने गरी चलचित्रलाई ‘एडल्ट सर्टिफिकेट समेत प्रदान गरेको छ।

 


‘चलचित्र रामप्यारीपछि एक वर्षको अन्तरालमा चलचित्रमा देखिएकी रेखाको पलासमा सेन्सर बोर्डले कैँची चलाएपछि थप अन्यौलता देखा परेको हो। चलचित्रका केही संवाद र दृष्यका कारण सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएको निर्माण पक्षले जनाएको छ।

यो चलचित्रमा रेखा शिक्षिकासँगै यौनधन्दा गर्ने युवतीको भूमिकामा देखिएकी छिन्।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको