सेक्स लाईफ बारे बलिउडका सलमान देखि दीपिकासम्मको यस्तो छ राय

शुक्रबार, १८ चैत २०७३


मुम्बई । बलिउडका प्राय सेलिब्रेटीहरु आफ्नो निजी जिन्दगीको बारेमा खासै खुलेर बोल्ने गर्दैनन् । तरपनि कतिपय विषयमा भने उनीहरुले आफ्नो निजी विचार व्यक्त गर्ने गरेका छन् ।


'इण्डिया टु डे' पत्रिकाले हालै आयोजना गरेको एक कार्यक्रममा अभिनेता अक्षय कुमार र उनकी पत्नी ट्विंकल खन्नाले आफ्नो सेक्स लाईफको बारेमा खुलेर कुरा गरेका छन् । कार्यक्रमा ट्विंकल खन्नाले सेक्स सबै उमेरका लागि जरुरी भएको बताएकी छिन् । अक्षयको जुन कुराले आफूलाई आकर्षित गर्दथ्यो, त्यो समयसँगै बद्लिएको पनि उनले खुलाईन् । 



सेक्स बारे बलिउडका अन्य ७ कलाकारको धारणा यस्तो छ :


रणवीर सिंह : म आफ्नो पर्समा कण्डम बोक्न कहिल्यै छुटाउँदिन । 


दीपिका पादुकोण : मेरो लागि सेक्स एक शारिरीक सम्बन्ध मात्र होइन, यसको लागि इमोशन पनि चाहिन्छ । 


 

प्रियंका चोपडा : बच्चा जन्माउनु भन्दा बाहेक जीवनमा पुरुषको आवश्यकता नै छैन ।

 

विद्या बालन : सेक्स जति पुरुषहरुको लागि आवश्यक छ, उति नै महिलाहरुको लागि पनि आवश्यक हुन्छ । 


अर्जुन कपुर : माया भन्दा धेरै आवश्यकता सेक्सको हुन्छ । 


गोविन्दा : मेरो वैवाहिक जीवन बाहिर पनि प्रेम सम्बन्ध थियो । 


सलमान खान : म भर्जिन छु, जो सँग मेरो विहे हुन्छ उसको लागि भर्जिनिटी जोगाएर राखेको छु ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको