नसिरुद्दिनले ३८ वर्ष कान्छी हिरोइनसँग दिएको लभ सिन भाइरल

शुक्रबार, १८ चैत २०७३

 

मुम्बई । सामान्य तर गम्भिर चरित्र निर्वाह गर्दै आएका नसिरुद्दिन शाह अहिले चर्चामा छन् । उनी चर्चामा आउनुको कारण बनेको छ उनले निर्वाह गरेका पछल्लो चरित्रको लभ सिन ।

 

चलचित्र ‘बेगम जान’मा नायिका मिष्टी चक्रबर्तीसँग उनले दिएको लभमेकिङ सिन अहिले इन्टरनेटमा भाईरल बनेको छ ।

 

यस फिल्मको मिष्टी चक्रबर्ती र नसीरुद्दिनको एउटा तस्वीर सार्वजनिक भएको छ । जुन तस्वीरमा नसिरुद्दिन र मिष्टीको प्रेमलाप देखिन्छ ।

 

मिष्टीले सन २०१४ मा सुभाष घइको फिल्म ‘काँची’वाट अभिनय सुरु गरेकी थिइन् । तर, उनले सफलता पाउन सकिनन् । अर्को फिल्म ‘ग्रेट ग्रैंड मस्ती’मा पनि काम गरिन् । ग्रेट गै्रड मस्तीले पनि उनलाई कुनै सुखद समाचार सुनाउन सकेन ।

 

हिन्दी फिल्मको अतिरिक्त केहि दक्षिण भारतीय फिल्ममा पनि काम गरेकी छिन् उनले । अहिलेसम्म सँघर्ष गरेर पनि सफलता पाउन नसकेकी उनलाई बेगम जानले कहाँ पुर्‍याउने हो हेर्न बाँकी नै छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको