एमाले–माओवादी पार्टी एकताको घोषणा,ओलीलाई अध्यक्ष मान्न प्रचण्ड तयार, एउटैचिन्हमा चुनाव लड्ने

शनिबार, १९ चैत २०७३

 


काठमाडौ । अन्तत नेपालका प्रमुख दुई कम्युनिष्ट पार्टी नेकपा एमाले र एमाओवादी केन्द्र बिच पार्टी एकता हुने भएको छ ।  लामो समयदेखि एक आपसमा उछितो काट्न उद्धत एमाले – माओवादी आपसमा पार्टी  एकता गर्न तयार भएका हुन् ।  दुई पार्टीलाई एक बनाएर एउटै कम्युनिष्ट केन्द्र बनाइ अगाडी बढ्न प्रधानमन्त्री तथा माओवादी केन्द्रका पुष्पकमल दाहाल “प्रचण्ड” र  एमाले अध्यक्ष केपी शर्मा ओलीबिच सहमति भएको हो ।  

 

 

बालुवाटारमा भएको दुई घण्टा लामो छलफलपछि यी दुई नेता आपसमा पार्टी एकिकरण गर्न सहमत भएका हुन् । सरकारको गठबन्धन टुटेपछि आपसमा भेट्न समेत छाडेका यी नेताबिचको सहमतिले नेपालको राजनीतिमा नयाँ कोर्स स्थापना हुने देखिएको छ । ओली प्रचण्डबिच आगामी ५ वर्षसम्म ओलीलाई र त्यसपछि प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्ने सम्झौता समेत भएको छ ।  बालुवाटार भेटमा निकै गंभिर रुपमा प्रस्तुत भएका यी नेता आफुहरु नमिले मुलुक नै दुर्घटनामा पर्ने भन्दै मुलुकका लागि मिलेको प्रतिक्रिया दिए । आपसमा टिकाटिप्पणी गर्दा दुवैले कलाई घाटा भएको भन्दै अब मिलेर अगाडी बढ्न ेउनीहरुको सहमति छ । देशभरबाट कार्यकर्तालाई एक जुट बनाइ एमाले नामबाटै बहुमत लिने यी दलको तयारी छ । 

 

आपसमा पागल घोषणा देखि एकतासम्म  एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डको सम्वन्ध निकै उचार –चढावपूर्ण छ । कहिले एकअर्काका कटु आलोचक बन्ने उनीहरु कहिले परम मित्र बन्छन् । जसकारण उनीहरुको सम्बन्धले नेपालको राजनीीतको दिशानिर्देश समेत गर्छ । ओलीको मानसिक उपचार गराउनुपर्छ भन्ने प्रचण्ड अहिले प्रधानमन्त्री छन् भने यसअघि ओली प्रधानमन्त्री बनाएका थिए । प्रचण्डले केही महिनाअघि सम्म भन्ने गरेका थिए कि परिवर्तनका एजेण्डाहरुका कांग्रेसभन्दा एमाले नेतृत्व बढी कठोर र पश्चगामी देखिने गरेको छ । यहि घोषणाका आधारमा यी दुई पार्टीबिच एकता संभव भयो । 


झुक्किनुभयो ? ओ हो .......आज त अप्रिल फुल हो नि, यो कुरा नपत्याएर मजाक सम्झनुहोला है । हल्का रमाइलो, अप्रिल फुलको । 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको