अनुहारको पिम्पलबाट मुक्ति पाउने उपाय ।

बिहिबार, ३० भदौ २०७३

 पिम्पल प्राय किशोर किशोरीको साझा समस्या हो । किशोर अवस्थामा हर्मनमा हुने परिवर्तनसँगै प्रायको अनुहारमा पिम्पल आउँछ । कहिलेकाहिँ शरिरमा विशेष गरी पिठ्युमा पनि पिम्पल आउँछ । तर, कहिलेकाहिँ अन्य उमेरका मानिसलाई पनि पिम्पल आउने गर्छ । कतिपय अवस्थामा शरिरको स्याहार गर्दा गर्दै पनि पिम्पल देखिन्छ ।

पिम्पलबाट जोगिने केही उपाय

दिनमा दुई तीन पटक राम्रोसँग अनुहार धुनुपर्छ । अनुहार धुँदा छाला सफा हुनुका साथै कोषमा ऊर्जा दिन्छ । नियमित छाला सफा गर्दा अनुहारमा भएका धुलोका कण हटाइदिन्छ । तर, अनुहार धुने नाउमा बारम्बार धुनु पनि हुँदैन । किनकी यसले अनुहार फुस्रो हुन सक्छ ।

नियमित फेसवास लगाएर मुख धुने । गुलाब, स्याउबाट बनेका प्राकृतिक फेसवास लगाउदा पिम्पलका समस्या हट्छ ।

जतिखेर पनि शरिरलाई हाइड्रेड राख्ने । नियमित पाउनी पिउँदा छालाको तन्तुहरु सफा हुन्छ ।

कहिल्यै पनि पिम्पलाई हातले छुनु  हँुदैन । अत्यधिक समस्या देखिएमा छालाविज्ञलाई देखाउनु पर्छ ।

पिम्पललाई कहिल्यै पनि ननिर्चोने । निचोर्दा गालामा दाग बस्छ ।

यदि नियमित रुपमा सेभिङ गर्नुहुन्छ भने राम्रो रेजर प्रयोग गर्ने । सेभिङ क्रिम लगाउनुअगाडि राम्रोसँग तातो पानीले अनुहार पखाल्ने ।

सकभर बढी चिल्लो, पिरो र अमिलो नखाने ।

अन्य उपाय

कागतीलाई काटेर आधा बनाउनुहोस् । कागतीलाई हल्का पिम्पल वरपर दल्नुहोस् । कागतीमा साइट्रिक एसिड हुन्छ जसले व्याक्टेरियालाई मारिदिन्छ । तर, निकै चहरायो भने धेरै नदल्नुहोस् ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको