आमाबिना बच्चा जन्माउन सकिने नयाँ संभावना उजागर

शुक्रबार, २५ चैत २०७३

एजेन्सी, २९ भदौ। आमा बिना पनि बच्चा जन्माउन सकिने सम्भावना रहेको वैज्ञानिकले बताएका छन् । वैज्ञानिकले अण्डा वा डिम्बको साटो छालाको कोषबाट बनाइएको अण्डा वा डिम्बबाट बच्चा जन्माउन सकिने तथ्य सार्वजनिक गरेका हुन् ।

 

 

  यसले लोप हुने अवस्थामा पुगेका पशुपक्षीको संरक्षणमा सहयोग पुग्ने अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् । यसलाई मानिसको प्रजनन् स्वास्थ्य समस्याको उपचारको रुपमा पनि प्रयोग गर्न सकिने उनीहरुको भनाई छ ।

 

मुसामा गरिएको अध्ययनबाट यस्तो देखिएको हो । बेलायतको युनिभर्सिटी अफ बाथका वैज्ञानिकले पोथीको डिम्ब वा अण्डा बिना नै शुक्रकिटलाई भ्रुणमा परिणत गरी स्वस्थ मुसा जन्माएका छन् । यसले बच्चा जन्माउनका लागि पोथीको अण्डा वा डिम्ब अनिवार्य नरहेको भन्ने देखाएको अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् ।

 

 

अण्डा वा डिम्बको सट्टा छाला वा अरु अंगका कोष प्रयोग गर्न सकिनेछ । छाला तथा अरु अंगका विशेष कोषबाट बनाइएको अण्डामा शुक्रकिट राखेपछि भ्रुण बनाउन सकिएको अनुसन्धानकर्ता डा. टोनी पेरीले बताए । झण्डै दुईसय वर्षको प्रयासपछि यसमा सफलता पाएको र थप अनुसन्धानको खाँचो रहेको पेरीले बताए ।

 

 

अनुसन्धानले दुई पुरुषले पनि बच्चा जन्माउन सक्ने देखिएको छ । यसका लागि एकको विशेष कोष डिम्ब बनाउनका लागि प्रयोग गरिने र अर्कोको शुक्रकिट त्यसमा राखेपछि भ्रुण बन्ने वैज्ञानिक पेरीले बताए ।

वा एउटै पुरुषको शुक्रकिट र विशेष कोष प्रयोग गरेर पनि बच्चा जन्माउन पनि सकिने छ । एजेन्सीको सहयोगमा

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको