मेरो जीवनको महत्वपुर्ण दिन चैत्र २६ गते

शनिबार, २६ चैत २०७३


" मेरो जीवनको महत्वपुर्ण दिन चैत्र २६ गते"

 

२७ वर्ष पहिले आजको दिन नै मेरो राजनीतिक यात्राको शुभारम्भ भएको दिन हो। "२०४६ चैत्र २६ गते पन्चायती व्यवस्थाका बिरुद्ध आफु पढ्ने शारदा मावि स्कुलबाट विद्यार्थी नेताहरुसंग नारा जुलुश गर्दै महेन्द्रनगर सदरमुकाम पुग्न ५ कि.मी. पश्चिम महेन्द्र राजमार्गको सिसैया भन्ने स्थानमा पुलिसले लाठी चार्ज गरि जुलुशलाई तितर बितर पारेर पन्चायती शाषकले दमन गरेको दिन हो।""

 

 

"०६२/६३ को निर्णायक जन आन्दोलनको तेस्रो दिन( २०६२ चैत्र २६ गते ) आज एक दशक(१० बर्ष ) भयो। म त्यतिबेला युवा संघ नेपाल कन्चनपुर जिल्ला अध्यक्ष र किरियापुत्री कै अवस्थामा कन्चनपुर जिल्लाको महेन्द्रनगर बजारमा संयुक्त जन आन्दोलन परिचालन समिति युवा/ विधार्थीहरुको बिशाल जुलुस मुख्य बजार " मदन चोक" पुग्दा प्रहरी संग भिडन्त भयो र दुबै पक्ष ढुंगा हानाहान हुँदा मैंले आन्दोलनकारी साथीहरूलाई ढुंगा नहान्न अनुरोध गरे पछि शान्तिपूर्वक जुलुश सानो सानो संख्यामा बॉडिएर चोक चोकमा गए पछि हामीलाई प्रहरीहरुले घेराबन्दी गर्दै आउँदा सबै साथीहरु प्रहरीहरुलाई छलेर झुक्काएर भाग्न शफल भए।

 

 

म भने के विश्वासमा थिएँ कि मलाई प्रहरीहरुले चिन्दछन र नेता भएकोले पनि केही गर्दैनन् होला भनेर दमन नगर्न भनेर प्रहरी कमाण्डरलाई सम्झाउन खोज्दै थिएँ , त्यसैले कहि नभागी त्यही मदनचोकमा उभिईरहेको अवस्थामा प्रहरी इन्सपेक्टर शरद चौधरी र सई नैन सिंह कार्की को कमाण्ड टोलीका ८ जना प्रहरीहरुले लाठी चार्ज गरी लाठी भाँचिन्जेल सम्म कुटपिट गरी गम्भीर घाईते बनाएको र उपचारका लागी हस्पिटल लैजानुको सट्टा गिरफ़्तार गरेर जिप्रका लगेर हिरासतमा राखेको पछि अान्दोलनकारीको दबाब पछि ३ घण्टा ढिलो प्रहरीहरुले नै महाकाली अन्चल अस्पतालमा उपचार गर्न लगेको र २ दिनको उपचार पछि अस्पतालको रिपोर्टमा टाउको,छाती,घॉटी ,ढॉड ,दुबै हातमा गम्भीर चोट लागेको र बाँया हातको दुईटा औला फ्याक्चर रहेको र थप उपचारका लागी भारतको बरेली रिफर गरेको तर तत्कालीन शाही सताका प्रतिनिधि महाकाली अन्चल प्रशासक महेन्द्रमान व्यथितले हस्पिटबाट थप उपचार गर्न भारत पठाउनको सट्टा प्रहरी भ्यानमा राखेर महाकाली अन्चल प्रहरी कार्यलय गुल्ममा लगेर हिरासत राख्यो र ९० दिनको पक्राउ पुर्जी दिएर जेल चलान गर्दै गर्दा म किरिया पुत्री भएको र प्रहरीले गिरफ़्तार गरेको ४ दिन सम्म खाना पनि नखाएको र हात मुख धुन र नुहाउन समेत नसक्ने अवस्था भएकोले मानव अधिकार ,पत्रकार, नागरीक समाज लगायत सबै पक्षबाट दबाब पछि माथीको आदेश भनेर मलाई रिहाई गरियो।  

 

त्यस पछि भारत र नेपालमा पनि निजी खर्चमा उपचार गरे पनि सन्चो भएन र जनान्दोलन घाईते उपचार समिति संयोजक कृष्णकिशोर घिमिरेको सिफ़ारिशमा त्रिवि शिक्षण अस्पतालमा उपचार गर्न जॉदा राम्रो रेस्पोन्स नभए पछि अरु प्राईभेट हस्पिटलमा उपचार गराए तर अहिले पनि पुर्ण रुपमा सन्चो हुन नसके पनि हाम्रो देश तिब्र गतिका साथ सन्चो हुने प्रक्रृयामा लम्किरहेको देख्दा खुशी लागेको छ। म यो दिन जस्तै दर्जनौं पटक प्रतिगमन बिरुद्धको आन्दोलनमा घाईते र गिरफ़्तार परेको छु। तर पनि यो दिनको विशेष सम्झना आईरहेको हुन्छ।"


- लेखक युवा संघ नेपालका केन्द्रीय सचिव हुन ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको