कुकुरले घटायो मान्छेको सम्भोग रुची

मङ्गलबार, २९ चैत २०७३

नाच्न नजान्ने आँगन टेढो भन्ने उखानै छ । हुँदा हुँदा लोग्नेस्वास्नीले आफुहरुबीच सहवासको दर घट्नुमा कुकुर दोषी रहेको आरोप लगाउन थालेका छन् ।

 

बेलायतमा गरिएको पछिल्लो अध्ययनले मानिसहरुमा सम्भोगको दरमा कमी आउनुमा कुकुरले दोषको भारी बोक्नुपरेको देखाएको छ । बेलायतमा गरिएको सर्भे अनुसार श्रीमान श्रीमती कम्तीमा पनि दुइ वर्षदेखि यौन सम्बन्धमा रहेका जोडीहरु बीचको सम्भोगको दर घट्दै गएको छ । 

 


सन् २०१३ मा भन्दा २०१४ मा बेलायती दम्पतीहरुमा सम्भोगको संख्या घटेको छ । २ हजार ७ सय ३३ जनामा गरिएको सर्वेक्षणमा सहभागी मध्ये ४१ प्रतिशतले यो वर्ष आफुले अघिल्लो वर्षभन्दा कम सम्भोग गरेको बताएका छन् ।

 

आखिर किन ? यसको मुख्य कारक मध्येमा आर्थिक समस्या तथा कामको चिन्तालाई मान्नुमा कुनै आश्चर्य जनाउनुपर्दैन । तर सम्भोग कम गर्ने मानिसहरुले पैसा मात्र नभई घरमा पालेको कुकुर समेत आफुहरुको सेक्सको बाधक रहेको बताएपछि त्यसले भने धेरैलाई अचम्ममा पारेको छ । 

 


सर्वेक्षणमा सहभागी मध्ये ३१ प्रतिशत दम्पतीले आफुहरुले एउटै ओछयानमा सुताउने घरपालुवा कुकुरले आफुहरुको सेक्समा डिस्टर्व गरेको बताएका छन् । सर्भेमा सहभागी मध्ये ३६ प्रतिशतले भने अघिल्लो वर्षभन्दा आफुले बढि सम्भोग गरेको बताएका थिए ।

 

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको