अचम्मकी डाक्टर ! जसले जिब्रोले चाटेर आँखाको उपचार गर्छिन्

बुधबार, ३० चैत २०७३

 

एजेन्सी । के तपाईले कहिल्यै जिब्रोले चाटेर आँखाको उपचार गरेको सुन्नुभएको वा देख्नुभएको छ रु सुन्दा पनि अनौठो लाग्ने  तर यो सत्य हो एक महिला आफ्नो जिब्रोले चाटेर अरुको आँखाको उपचार गर्छिन्। 



बोस्नियाकी ८० बर्षिय नाना हावा नामकी वृद्ध हुन् । जसले लगभग ५ हजार व्यक्तिको आँखाको समस्यालाई यही तरिकाबाट निको पारेकी छिन्। नाना भन्छिन्, ‘यो संसारमा निकै कम यस्ता व्यक्ति छन्, जोसँग जिब्रोले स्वास्थ्य समस्या ठिक गर्न सक्ने क्षमता हुन्छ । म त्यसमा पर्छु।’



उनका अनुसार, यस्ता धेरै व्यक्ति आउँछन् जो डक्टर वा औषधीले निको नहुने समस्या लिएर, उनीहरुलाई ठिक बनाएर पठाउँछिन् । उनी बेरोजगारलाई पैसा लिँदिनन्, तर साधारणलाई न्युनतम १० युरो फि लिन्छिन्।



 नाना आँखाबाट सिसा, फलाम, कोइला, धुलोआदी निकाल्ने काम जिब्रोले बढो दक्षताका साथ गर्छिन् । यसका लागि नाना मुखमा ‘अल्कोहल’को प्रयोग गर्छिन् । मानिसहरुले नाना मरेपछि उनको जिब्रो काटेर राख्न चाहान्छन्, ताकि उनी मरेपछि पनि यो कामका लागि प्रयोग गर्न सकियोस्।

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको