बाँझोपनको समस्या भएका महिलाहरुलाई खुसीको खबर

बुधबार, ३० चैत २०७३

 

काठमाण्डौ । जो महिला आमा बन्ने सौभाग्यबाट बञ्चित छन् उनीहरुका लागि बैज्ञानिकहरुले एउटा नयाँ आशा जगाइदिएका छन् । वैज्ञानिकहरुका अनुसार धेरैजसो महिलाहरुमा गर्भ नबस्नुको प्रमुख कारण 'एचएचवी सिक्स ए' हो । 

 

अध्ययनका अनुसार यो ब्याक्टेरिया गर्भाशयको प्रतिरक्षा प्रणालीलाई कमजोर गर्दै अण्डालाई फर्टिलाज हुनबाट रोक्दछ । भाइरसले प्रतिरक्षा कोशिकालाई सक्रिय बनाएर साइटोमिन्स रसायनको उत्पादन गर्दछ । साइटोकिन्सले प्रतिरक्षा प्रणालीको लागि सक्रिय भूमिका निर्वाह गर्दछ ।

 

यो रसायनको अत्यावश्यक श्रावले फर्टिलाइजमा समस्या आउँछ ।  बाँझोपनको समस्या भएका ३६ महिलाहरुलाई अध्ययन गरिएकोमा ३० महिलामा यो समस्या देखिएको थियो । यो भाइरस महिलाको गर्भाशयमा बसेर शरीर तयार गर्ने प्रोटिनलाई प्रभावित पार्दछ । 

 

वैज्ञानिकहरुका अनुसार यो भाइरसको संक्रमणलाई रोकेर बाँझोपनको समस्या हटाउन सकिन्छ । यो अध्ययन इटालीको यूनिभर्सिटी अफ फेराराले गरेको थियो । 

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको