यो हो मृत्यु टापु, जहाँ गएपछि कोही पनि बाँचेर फर्किँदैनन्

बिहिबार, ३१ चैत २०७३

 

विश्वमा केही यस्ता ठाउँहरु हुन् जो साँच्चीकै भयानक हुन्छन् । धर्तीका ती ठाउँहरु यति भयानक तथा खतरनाक हुन्छन् की त्यहाँ गैसकेपछि मानिसहरुको बाँच्ने सम्भावना कम हुन्छ ।यस्तै एउटा टापु इटालीमा छ ।

 

 

आइल्याण्ड अफ डेड भनिने प्रोवेग्लिया टापुमा सन् १९२२ मा मानसिक अस्पताल बनाइएको थियो । तर यस अस्पतालमा काम गर्ने डाक्टर तथा नर्सहरुले प्रायः केही असामान्य चिजहरु देख्न थालेपछि त्रासका कारण अस्पताल बन्द गरियो । कैयन् वर्षसम्म उक्त अस्पताल बन्द नै रह्यो ।

 

 

अफ ट्रयाक प्लानेट डट कमका अनुसार सन् १९६० मा इटाली सरकारले उक्त टापुलाई बेचिदियो । उक्त टापु खरीद गर्ने मानिस आफ्नो परिवार सहित टापुमा बस्न थाले । एक दिन उक्त टापुका मालिककी छोरीको मुखमा कसैले टोकिदियो । उनलाई शल्यक्रिया गरी १४ वटा टाँका लगाउनुपर्यो ।

 

तत् पश्चात उक्त टापुमा यस्ता अनेकन घटना भैरहे । डरलाग्दा तथा रहस्यमय घटना भैरहेपछि सरकारले उक्त टापुमा जान प्रतिबन्ध लगायो । १२० वर्ष पहिले उत्तः टापुको प्रयोग प्लेगबाट ग्रस्त मानिसहरुको गरिन्थ्यो । प्लेगरोगीलाई त्यहाँ लगेर छाडिन्थ्यो, ता की अन्य मानिसहरुमा त्यो रोग नफैलियोस् ।

 

त्यसपछि उक्त टापु अन्य प्राणघातका रोगका रोगीहरुका लागि पनि प्रयोग गरियो । रोगबाट मरेका मानिसहरुको लास पनि त्यहीँ गाडिन्थ्यो । तर एक पटक उक्त टापुमा रोगीहरुको संख्या १ लाख ६० हजार पुग्यो । त्यसपछि त्यहाँको क्रुर सरकारले रोगीहरुलाई ज्यूँदै जलायो ।

 

रोगीहरुलाई राख्ने तथा मार्ने ठाउँको रुपमा प्रयोग गरिएको हुनाले पनि उक्त ठाउँ संक्रमित रहेको र मानिसहरु गएपछि विभिन्न रोगले आक्रमण गरेर मानिसको मृत्यु हुने गरेको बताइन्छ । त्यसैले सरकारले त्यहाँ जान प्रतिबन्ध लगाएको छ ।


एजेन्सी

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको