बिहे अघि बेहुलीले कपाल खौरिने चलन

शुक्रबार, ०१ बैशाख २०७४

 

बिहेमा बेहुलीहरुले आफ्नो कपालको श्रृंगार निकै भाँती पूराएर गर्छन् हामीकहाँ । बेहुलीका लागि कपालको श्रृंगारले सुन्दरतामा ठूलो महत्व राख्ने ठानिन्छ । तर सुन्दरता तथा श्रृंगारको मापन संस्कृति तथा परम्परा पिच्छे फरक हुँदो रहेछ ।

 

 

अफ्रिकी देश इथियोपिया तथा सोमालियाको सीमाक्षेत्रका केही वस्तीहरुमा एउटा अनौठो चलन छ, जुन हाम्रो संस्कार भन्दा विपरित लाग्दछ ।

 

त्यहाँ बसोबास गर्ने बोराना आदिवासीका युवतीहरुले असल लोग्ने पाउनका लागि बिहे अगाडि शिर मुण्डन गर्दछन् । यसरी कपाल खौरिएपछि राम्रो लोग्ने पाइन्छ भन्ने विश्वास हुन्छ ।

 

उक्त समुदायमा बिहेपछि मात्र महिलाहरुलाई कपाल लामो पार्ने तथा कपाल श्रृंगार गर्ने मौका दिइन्छ ।

 

यो समुदायमा एक अर्को अनौठो मान्यता छ । यिनीहरु फोटो खिच्न मान्दैनन् । फोटो खिच्दा सरीरको रगत तानिन्छ र सरीरमा रगतको कमी हुन्छ भन्ने मान्यता उनीहरुमा छ । एजेन्सी


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको