वायुप्रदुषण झेलेका महिलालाई स्तन क्यान्सरको सम्भावना बढी :अध्ययन

शनिबार, ०२ बैशाख २०७४

 

लण्डन,   वायुप्रदुषण उच्च भएको क्षेत्रमा रहने महिलाहरुलाई स्तन क्यान्सरको सम्भावना बढी हुने एक अध्ययनले देखाएको छ । अमेरिकास्थित फ्लोरिडा विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले भर्खरै सम्पन्न गरेको अध्ययनबाट यस्तो नतिजा आएको हो ।

 

विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले यो अध्ययनका लागि मेमोग्राफिक स्क्रिनिङ गरेका करीव २ लाख ८० लाख महिलाहरुको स्वास्थ्य रिपोर्ट गरे । त्यसैगरी ती महिला बस्ने स्थानको वायुप्रदुषणको अवस्थाको पनि जानकारी लिए । यसबाट बायु प्रदुषणयुक्त स्थानका महिलाहरुमा स्तनक्यान्सरको सम्भावना बढी हुने पत्ता लागेको हो ।

 

 

अनुसन्धानकर्ताहरुका अनुसार उच्च वायु प्रदुषणयुक्त क्षेत्रमा बसोबास गर्ने महिलाहरुको स्तनको घनत्व बढी (ठूलो)हुने र त्यसले स्तन क्यान्सरको जोखिम बढने देखिएको हो ।

 

अनुसन्धानकर्ता लुसिन यागयानले भने, ‘ हावामा प्रदुषणको मात्रा पीएम २.५ अंकले अंकले बढदा महिलाको स्तनको घनत्व तथा तन्तु चार प्रतिशत सम्म बढी भएको देखियो । र स्तन अश्वभाविक रुपमा बढदै जाँदा क्यान्सरको जोखिम बढी भएको पाइयो ।’

 

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको