महिलालाई लाभदायक बुद्धकोणासन

आइतबार, ०३ बैशाख २०७४

 

अव्यवस्थित खानपान र जीवनशैलीका कारण उत्पन्न हुने हुने धेरै प्रकारका रोग औषधिको सेवन नगरी निराकरण गर्न सकिन्छ । नियमित योगाभ्यास गर्दा हाम्रो शरीरमा भएका विभन्न संक्रमण अथवा रोग कम हुँदै जान्छन् । विशेषगरी महिलाका लागि योगाभ्यास अझ बढी प्रभावकारी मानिन्छ ।

 

महिनावारीको समयमा हुने पेट दुखाइ, महिनावारी गडबडी, पेटको समस्या, टाउकोको समस्या समाधानका लागि बुद्धकोणासन महत्वपूर्ण हुन्छ । केही महिलालाई महिनावारीको समयमा अतयधिक पीडा हुन्छ । जसले गर्दा केही दिन त आराम नै गर्नुपर्ने हुन्छ । महिनावारीको समयमा कुनै पनि योगाभ्यास गर्दा विशेषज्ञको रेखदेख र सल्लाहमा मात्रै गर्नुपर्छ । बुद्धकोणासन गर्ने तरिका र यसका फाइदाबारे योग प्रशिक्षक दीपक नेपाल यसो भन्छन् ः 

 

बुद्धकोणासन गर्ने तरिका

 १. सर्वप्रथम योग गुन्द्रीमा शरीरलाई आरमसँग राख्नुपर्छ ।

२. ढाड र गर्धन सीधा पारी विस्तारै श्वास लिनुपर्छ । विस्तारै दुवै खुट्टालाई एक–एक गरेर  अगाडी फैलाउनुपर्छ ।

३. अब घुँडालाई मोडेर कुर्कुच्चालाई तिघ्राको नजिक लिएर आउनुहोस् ।

४. दुवै हातले खुट्टाका औँलालाई अझैँ तिघ्रा नजिकै लिएर आउनुहोस् ।

५.अब श्वास छाड्दै ढाड सीधा पारेर विस्तारै तल झुक्नुहोस् ।

६. जबर्जस्ती गरी जति सकिन्छ त्यति मात्र गर्नुपर्छ ।

७. अब विस्तारै श्वास लिदैँ माथि आउनुहोस् ।

८.यो प्रक्रिया नौ पटक गरेपछि अन्त्यमा तल झुकेर आसनमा नै ३० सेकेन्डसम्म बस्नुहोस् ।

९. विस्तारै माथि आएर खुट्टा पसारेर आसन सक्नुहोस् र आराम गर्नुहोस् ।

बुद्धकोणासन गर्दाका फाइदा 

१. यो आसन महिला तथा पुरुष दुवैका लागि उपयोगी हुन्छ ।

 

२. महिलाका विविध समस्या जस्तै ः महिनावारीको समयमा हुने पेट दुखाइ र महिनावारी गडबडीमा बढी लाभदायक हुन्छ ।  

 

(आजको नयाँ पत्रिका दैनिकबाट)

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको