बिहेपछि तीन दिनसम्म ट्वाइलेट जान नपाइने चलन !

आइतबार, ०३ बैशाख २०७४

 

यो दुनियामा संस्कार पनि कस्ता कस्ता ? हुँदा हुँदा बिहे गरेपछि ट्वाइलेट नै जान नपाइने । इण्डोनेसियाको टिडन्ग नामक आदिवासी समुदायमा यस्तो विचित्रको परम्परा कायम छ । उक्त समुदायमा बिहे गरेको तिन दिनसम्म बेहुला बेहुलीलाई शौचालय जाने अनुमति दिइँदैन ।

 

 

सुन्दा निकै अनौठो, अपि्रय तथा कष्टकर लाग्दछ । तिन दिनसम्म ट्वाइलेट जान नपाउँदा भर्खर बिहे गरेका लोग्नेस्वास्नीको हालत के होला ? दया लागेर आउँछ । तर आखिर रितिरिवाज न भयो, सबैले मान्नैपर्ने ।

 

बिहेपछि नौला दुलाहा दुलहीले ट्वाइलेट नै बार्नुपर्ने यो संस्कारका पछाडि केही कारण रहेछन् । बिहेको तिन दिनसम्म यदि बेहुला बेहुलीले घरको ट्वाइलेट प्रयोग गरेमा भाग्य बिगि्रने र बिहे धेरै नटिक्ने, कुनै अप्रिय घटना हुने वा कसैको मृत्यु हुन्छ भन्ने धारणा छ ।

 

 

ट्वाइलेट जान नपाउने भएपछि नयाँ बेहुला बेहुलीलाई बिहेको तिन दिनसम्म खानेकुरा पनि कम दिइन्छ । तिन दिनपछि यो परम्परा पूरा भएसँगै बेहुला बेहुलीले नुहाइधुवाइ गर्दछन् र आफ्नो नयाँ जिन्दगीकेा सुरुवात गर्दछन् ।

 

 

यो समुदायमा अर्को परम्परा पनि छ । जबसम्म बेहुलाले आफ्नी बेहुलीका लागि गीत गाउँदैन तबसम्म उसले बेहुलीलाई हेर्न पाउँदैन । त्यस्तै युवतीहरु आफ्नो बिहे पक्का भएसँगै आफ्नो बुवाआमाको घरबाट बाहिर निस्कन पाउँदैनन्, बिहे नटुंगिउन्जेल ।

 

 

यो समुदायमा समय पालना भन्ने कुरा निकै कठोर हुन्छ । बिहेमा यदि जन्ति तोकिएको समयभन्दा ढिलो आएमा बेहुला पक्षले बेहुली पक्षलाई जरिवाना तिर्नुपर्दछ । एजेन्सी

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको