जिब्रोले घुमिरहेको पंखा नै रोकेर यिनले राखिन् किर्तिमान

आइतबार, ०३ बैशाख २०७४

 

हजार जिब्रोहरु भएका शेषनागले समेत वर्णन गर्न नसक्ने गाथाको विषयमा पुराणहरुमा कथा आउँछ । अर्थात् हजार जिब्रा हुँदा समेत जाबो वर्णन गर्ने काम अर्थात् भटटट बोल्ने काम गर्न नसकिँदो रहेछ । तर यहाँ एकजना महिलाले भने आफ्नो एउटै जिब्राले जोडसँग घुमिरहेको पंखा नै रोकिदिएकी छिन् ।

 

अष्ट्रेलियन सर्कस खेलाडि जो इल्सको जिब्रो सायद दुनियाको सबैभन्दा शक्तिशाली जिब्रो हो । सो शक्तिशाली जिब्रोको सहायताले उनले लरतरो मानिसले हातले समेत गर्न नसक्ने काम गरेर देखाइदिएकी छिन् ।

 

 

उनले पूर्ण रफ्तारमा चलिरहेको ३५ वाटको पंखालाई आफ्नो जिब्रोले रोक्न सक्छिन् । उनले एक मिनेटमा ३२ पटकसम्म जिब्रोले पंखा रोक्न सक्छिन् ।

 

यसो गरेर उनले आफ्नै पूरानो रेकर्ड तोडेकी छिन् । त्यसअघि उनले एक मिनेटमा २० पटकसम्म पंखा रोकेकी थिइन् ।

 

उनले ६० सेकेण्डमा २५ वटा मुसा पक्रिने मेसिन पनि जिब्रोले नै खोलेर किर्तिमान कायम गरेकी छिन् ।
 

 

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको