नर्सहरुले भने, ‘सीपीडी तालिम अनिवार्य हुनुपर्‍यो’

बिहिबार, १४ बैशाख २०७४

 

काठमाडौँ,   नर्सहरुले पेशागत दक्षतालाई निरन्तर अपडेट हुनुपर्ने बताएका छन् । उनीहरुले आफूहरुलाई निरन्तर पेशागत विकास अर्थात कन्टिनिउ प्रोफेसनल्स डेभलपमेन्ट(सीपीडी) तालिम अनिवार्य व्यवस्था सम्वन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

 

नेपाल नर्सिङ काउन्सिल र नेपाल नर्सिङ एसोशिएसनको संयुक्त आयोजनामा गरिएको एक अनुसन्धानले स्वास्थ्य क्षेत्रको फेरिदो पद्धती तथा विकास क्रममा आफू अपडेट हुनका लागि सीपीडी अनिवार्य भएको बताएका हुन् । उक्त अनुसन्धालाई बोनमाउथ युनिभर्सिटी तथा लिभरपुल जोनमोरेस युनिभर्सिटीले समेत सघाएका थिए ।

 

झण्डै डेढ बर्ष लगाएर गरिएको फोकस ग्रुप रिसर्चको प्रतिवेदन विहीबार सार्वजनिक गर्ने क्रममा अनुसन्धानकर्ता डा विभा सिम्खडाले नर्सहरुले सीपीडी तालिम अनिवार्य लागू गर्न मत जाहेर गरेको बताइन् । उनले रोजगारीका लागि विदेश जान होस या स्वदेशमै रहेर सेवाका गर्नका लागि सीपीडी अनिवार्य रहेको उनीहरु(नर्सहरु)को बुझाई रहेको उल्लेख गरिन् । तर कतिपयले सीपीडी तालिम कसले सञ्चालन गर्ने, यसको मान्यता के हुने ? तालिम कति क्रेडिट आवरको हुने ? तालिमको समय कसरी व्यवस्थापन गर्ने भन्नेकुरामा जिज्ञासा राखेको डा सिंम्खडाले जानकारी दिइन् ।

 

अर्का अनुसन्धान कर्ता डा सुजन मरहठ्ठाले अनुसन्धानका लागि ‘फोकसग्रुप डिसकसन’ गरेको भन्दै यसले लाइसेन्स नविकरण गर्ने बेलामा सीपीडी अनिवार्य हुनुपर्नेमा नर्सहरुको एकमत रहेको बताए । नर्सहरुलाई विभिन्न आठ समूहमा विभाजन गरि भएको ‘फोकस ग्रुप डिसकसन’को निचोड सीपीडी अनिवार्य चाहिने नै भएको उल्लेख गरे ।

 

कार्यक्रममा नेपाल नर्सिङ परिषदका अध्यक्ष प्रा चन्द्रकला शर्माले नर्सको पेशागत दक्षता अभिवृद्धि आवश्यक रहेको भन्दै अध्ययनले समेत सोही नतिजा देखाएको बताइन् । ‘अव सरकारसंग मिलेर कुन मोडलमा यसलाई अघि बढाउने भन्नेमा हामी केन्द्रीत हुनेछौँ,’ उनले भनिन् ।

 

नेपाल नर्सिङ संघकी अध्यक्ष प्रा तारा पोखरेलले पेशागत दक्षताका लागि सीपीडी अनिवार्य रहेको भन्दै अहिलेसम्मको लाईसेन्स नविकरणका बेला गरिने प्रावधानलाई परिवर्तन गर्नुपर्ने औल्याइन ।

 

‘६ बर्ष अघि लिएको लाइसेन्सको अवधी सकिदासम्म उसले के कति अपडेट गरयो ? वा गरेको छैन् त्यसको जानकारी हुनुपर्छ,’ पोखरेलले भनिन्, ‘यसले पेशागत दक्षता बढ्छ र सेवामा सकारात्मक प्रभाव पार्छ ।’

 

कार्यक्रममा विभिन्न नर्सिङ कलेज, अस्पताल, तथा संघसंस्थाका नर्सिङ प्रतिनिधीहरुले सुझाव राखेका थिए ।

 

    


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?

मासिक श्रावअघि नै गर्भ रहेको थाहा हुन्छ ?

दम्पतीबीच नियमित शारीरिक सम्बन्ध भइरहेको अवस्थामा जब श्रीमतीको मासिक श्राव रोकिन्छ, यसलाई गर्भ रहेको सूचक मानिन्छ । सन्तानको योजना बनाइरहेका...

के हो ब्रोनकाइटिस ?

ब्रोनकाइटिसको जोखिममा विशेषगरी बालबालिका ताथ बुढाबुढीलाई हुने गर्छन् । त्यस्तै , धुमपान गर्नेहरुमा पनि ब्रोनकाइटिसको समस्या धेरै हुने गर्छ । ...

बिहान आलस्य महसुस हुन्छ ? यो योगासनले गर्न सक्छ फाइदा

योगका फाइदाहरू असंख्य हुन्छन् । स्वस्थ शरीरको लागि योग, सुन्दर अनुहारको लागि योग, दीर्घरोग नियन्त्रणदेखि फिट रहन पनि योगले फाइदा...

दाम्पत्य सुख : केही त्यागौं, केही स्वीकारौं

भर्खरै मात्र कतिपय वैवाहिक जीवनमा बाँधिएका छन् । विवाहका सुरुवाती दिनहरु जति रोमाञ्चक हुन्छन्, उत्तिनै द्विविधा र असमझदारी पनि ।...

विवादित ओम्नी कालोसूचीमा

सरकारले ओबिसिआई (ओम्नी ग्रुप) लाई कालो सूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले ओम्नीलाई कालो सूचीमा राखको हो। कार्यालयले ओम्नीलाई...

विदेशबाट आएका नेपालीको ३० दिनसम्म कोरोना बिमा नहुने

विदेशबाट फर्केका नेपालीहरुले कोरोना बिमा गर्न चाहेमा ३० दिन पर्खनु पर्ने भएको छ। बिमा समितिले कोरोना बिमा मापदण्ड संसोधन गर्ने...

शान्ति मिसनका लागि लिबिया जान लागेका सेनामा काेराेना देखिएपछि उडान स्थगित

संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति मिसनका लागि लिबिया जान लागेका नेपाली सेनाको केही सैनिक जवानहरूमा कोरोना संक्रमण देखिएपछि उडान स्थगित...

खोपको विकास नहुँदासम्म लगाउनै पर्छ मास्क ?

विश्व अहिले कोरोना खोपको प्रतीक्षमा छ । तर यसको खोप तयार नभएसम्म भाइरससँगै बाँच्नुपर्छ भन्ने आवाजहरू समेत आउने गरेको छ...

पेट खराब त दिमाग खराब

दिमागी स्वास्थ्यको पेटसँग खास सम्बन्ध हुन्छ । यो कुरा डिप्रेशनको उपचार गर्नेलाई भन्दा अरु कसलाई थाहा होला ? ब्रिटेनका...

कंगना : एडल्ट फिल्म छाडेर कसरी बनिन् बलिउड क्विन

फिल्मी करियरको पूवार्द्ध कति दुखदायी थियो भन्ने कुरा खुलाउँदै कंगना रनवतले एउटा किस्सा सुनाएकी छिन्, ‘सुरुवाती दिनमा मलाई एउटा फिल्ममा...

मेसी विश्वकै सर्वाधिक कमाउने खेलाडी, शीर्ष १० मा को-को ?

बार्सिलोनाका फरवार्ड लिओनल मेसी विश्वकै सर्वाधिक कमाइ गर्ने खेलाडी बनेका छन् । फोर्ब्सले सार्वजनिक गरेको २०२० को सर्वाधिक कमाइ गर्ने...

लक्षण नभएकाको कोरोना परीक्षण नै नगर्ने निर्णय, फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीको पनि नहुने

सरकारले लक्षण नभएकाहरुमा कोरोना भाइरसको संक्रमण रहे नरहेको पत्ता लगाउन गरिने आरटि पिसआर परीक्षण नगर्ने निर्णय गरेको छ। स्वास्थ्य तथा...