प्रधानमन्त्री प्रचण्डको सम्पत्ति तीन तोला सुन र एक कठ्ठा जमीन

बुधबार, २९ मङि्सर २०७३

२९ मंसिर, काठमाडौं । सरकारले प्रधानमन्त्रीको सम्पत्ति विवरण सार्बजनिक गरेको छ । र, उनी पूर्वप्रधानमन्त्री सुशील कोइराला पछिकै नेपालका गरिब प्रधानमन्त्री देखिएका छन् ।

 

कोइराला प्रधानमन्त्री हुँदा सम्पत्तिका नाममा तीन वटा मोबाइल रहेकाे उल्लेख गरेका थिए । जसका कारण उनलार्इ संसारकै गरिव प्रधानमन्त्री भनिएको थियो । अहिले प्रधानमन्त्री प्रचण्डको सम्पत्ति विवरण हेर्दा उनी पनि गरिब नै देखएका छन् ।

 

प्रचण्डले मन्त्रिपरिषदको कार्यालयमा बुझाइएको सम्पत्ति विवरणमा श्रीमती सिता दाहालको नाममा चितवनमा एक कट्ठा जमीन र तीन तोला सुन रहेको उल्लेख छ । यो पनि स्वआर्जन नभएर पैतृक भनिएको छ ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बुधबार नै प्रधानमन्त्रीका साथै मन्त्रीहरु र राज्यमन्त्रीहरुको सम्पत्ति विवरण पनि सार्वजनिक गरेको छ ।

 

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको