डिन अग्रवालसँग बेखुश समूहले भेट्यो शिक्षामन्त्रीलाई, राख्यो वर्खास्तीको माग

सोमबार, ०४ पुष २०७३

 

शिक्षामन्त्री धनीराम पौडेललाई आज ज्ञापनपत्र बुझाउँदै चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) संस्थानका डिन डा जगदीश अग्रवाललाई बर्खास्त गर्न माग गरेको छ । उनलाई डिन बनाइएकोमा वेखुश रहेको एक समूहले उक्त ज्ञापन पत्र बुझाएको हो । 

 

अग्रवाललाई हटाएर प्रक्रियागत रुपमा नयाँ डिन नियुक्ति नगरिए अनशन बस्ने चेतावनी उक्त समूह संयोजक डा सुरेश उप्रेतीसहितको टोलीले दिएको हो । 

 

समितिले विगत १६ दिनदेखि डिन कार्यालयमा तालाबन्दी गर्दै आएको छ । डा गोविन्द केसीको अनशन तोडाउन क्रममा सरकारले वरिष्ठताका आधारमा डा अग्रवाललाई नियुक्त गरेको थियो । 

 

शिक्षामन्त्री पौडेलले सङ्घर्षरत पक्षलाई वार्तामा बसेर समस्याको समाधान खोज्न आग्रह गरे । उनले यही पुस १४ गते बस्ने त्रिभुवन विश्वविद्यालयको सिनेट बैठकमा यस विषयमा छलफल हुने बताए । 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको