महिनावारीका बेला अत्यधिक रक्तश्राव हुन्छ ? अपनाउनुस् यी १० सरल तरिका

शुक्रबार, २२ बैशाख २०७४

 

महिनावारीको क्रममा हर्मोनको संतुलन बिग्रने भएकाले वा स्वस्थ खानेकुरा नखाएका कारण थुप्रै पटक अत्यधिक रक्तश्राव हुने गर्दछ । यसलाई मेनोरहेजिया भनिन्छ । आयुर्वेदमा यो समस्याबाट बच्नका लागि केही तरिकाबारे जानकारी दिइएको छ  ।

सुन्तलाको रसः

एक ग्लास सुन्तलाको जूसमा दुई चम्चा कागतीको रस मिसाएर दिनमा तीन–चार पटक पिउँदा रक्तश्राव कम हुने गर्दछ ।

धनियाँ पाउडरः

ए ग्लास पानीमा दुई चम्चा धनियाको पाउडर मिसाएर उमाल्नुहोस् । यसलाई चिसो गरेर पिउँदा महिनावारीका बेला अत्यधिक रक्तश्राव हुँदैन ।

अमलाको रसः

अमलाको रस र पुदीनाको रसलाई दहीमा मिसाएर खाँदा रक्तश्राव कम हुन्छ ।

फर्सीः

फर्सीलाई काटेर सुकाउनुहोस् । यसमा चिनी मिसाउनुहोस् र दुध वा दहीमा मिसाएर खाँदा महिनावारी सामान्य हुन्छ ।

मेवाः

यसमा पपाइन इन्जाइम हुन्छ जसले रक्तश्रावको असर कम गर्छ । आयुर्वेद अनुसार मेवा खाँदा रक्तश्राव कम हुन्छ ।

सौफः

एक ग्लास पानीमा एक चम्चा सौफ हाल्नुहोस् र उमाल्नुहोस् । त्यसपछि यसलाई छानेर तात्ततै पिउनुहोस् । यसले महिनावारी नियमित हुन्छ ।

उखुको रस:

उखुको रसलाई हप्ताको दुईपटक पिउँदा रक्तश्राव साधारण रहन्छ ।

मेथीदानाः

मेथीदानालाई पिसेर पाउडर बनाउनुहोस् । यसलाई दिनमा दुईपटक दुधमा मिसाएर पिउँदा महिनावारी सामान्य हुन्छ ।

दालचिनीः

एक कप पानीमा दालचिनीको एक स्टिक हालेर उमाल्नुहोस् । यसलाई छानेर पिउँदा रक्तश्राव कम हुन्छ ।

खरबुजाः

यसमा म्याग्नेसियम हुन्छ जसले प्रोजेस्टेरोन, एस्ट्रोजन हर्मोनको स्तर सन्तुलन हुन्छ र महिनावारीको क्रममा अत्यधिक रक्तश्रावबाट जोगाउँछ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको