महिनावारीका बेला बढी दुख्छ पेट ? यसरी गर्नुहोस् समाधान

मङ्गलबार, २६ बैशाख २०७४

 


डा. चन्दा कार्की, वरिष्ठ स्त्रीरोग विशेषज्ञ अविवाहिता महिलाको महिनावारीका वेला तल्लो पेट दुख्नु स्वाभाविक प्रक्रिया नै हो । यस्तो वेला केही पीडा हुँदैमा धेरै आत्तिनु हुँदैन ।  

 

विवाहिता महिलामा पाठेघरमा विभिन्न समस्या देखिएर पेट दुख्ने गरेको पाइए पनि अविवाहितामा भने अरू कारण कमै पाइन्छ । विवाहिता महिलामा पाठेघरमा विभिन्न समस्या देखिएर पेट दुख्ने

पाठेघर एउटा खाली अंग हो । महिनावारीका वेला रगत निस्किने वेला पाठेघर खुम्चिन्छ । रगत जमेको छ भने पाठेघरको सानो मुखबाट निस्किन निकै गाह्रो हुन्छ ।

 

यस्तो वेला रगत बाहिर आउन पाठेघर जति धेरै खुम्चिन्छ, दुखाइ त्यति नै बढी हुन्छ । बिहे गरेपछि दुखाइ कम हुनुको कारण पाठेघरको मुख ठूलो भएर नै हो ।

 

कतिपयले धेरै पेट दुखेर खप्न नसक्दा पेनकिलर सेवन गर्ने गरेको पनि पाइन्छ । तर यसरी दुखाई कम गर्न पेनकिलर नै खानु ठिक होइन ।यसले भोलि असर गर्न पनि सक्छ ।बरु यस्तो वेला त मनतातो पानीले नुहाउने, सेक्ने गर्नुपर्छ । बरु, खप्नै नसक्ने अवस्था हो भने एकपटक चिकित्सकलाई देखाउनुहोस् ।

 

धेरै नै अप्ठ्यारो परेको छ भने सामान्य अप्रेसन गरेर पाठेघरको मुख खोल्न पनि सकिन्छ । नियमित व्यायाम र उचित खानपिनमा ध्यान दिएर यस्तो दुखाइ कम गर्न सक्नुहुन्छ ।

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको