सूर्तिले उड्न थाले हवाइजहाज, दक्षिण अफ्रिकामा सफल परीक्षण

सोमबार, ०८ जेठ २०७४

 

एजेन्सी । तपाइले हवाइजहाजमा बसेर सूर्ति खान पाउनुहुन्न तर तपाइ बसेको हवाइजहाजले भने सूर्ति प्रयोग गर्न सक्छ । सूर्तिको बिरुवाबाट बन्ने बायोडिजलबाट व्यवसायिक हवाइजहाज उडाउनको लागि गरिएको परीक्षण सफल भएको छ । साउथ अफ्रिकन एयरवेजले परीक्षणका रुपमा ३ सय यात्रु वाला जेट विमानलाई जोहान्सबर्गबाट केपटाउनसम्म सूर्तिको बायोडिजलबाट उडाएको छ । 


अब अमेरिकाको बोइङ कम्पनीले पनि यो अनुसन्धानलाई अगाडि बढाएको छ । बोइङले साउथ अफ्रिकन एयरवेजसँग मिलेर काम गरिरहेको छ । यो बायोडिजल वातावरणको लागि राम्रो र सस्तो पनि हुने बताइएको छ । दक्षिण अफ्रिकामा बायोडिजल बनाउन सोलरिस प्रजातिको बिरुवा प्रयोग गरिएको छ । सूर्ति भएर पनि यसमा निकोटिनको मात्रा निकै कम छ । साउथ अफ्रिकन एयसलाइन्सले यसै वर्षदेखि व्यवसायिक रुपमा सूर्तिको बायोफ्युल प्रयोग गर्ने तयारी गरिरहेको छ । 
 

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको