कति उत्तम छ यो बोल्ने खालको ‘सेक्स डल’

मङ्गलबार, ०९ जेठ २०७४


जेन वेकफिल्ड/बीबीसी

हर्मनी एक नयाँ प्रकारको ‘सेक्स डल’ हो जुन हिँड्न सक्छ र कुराकानी पनि गर्न सक्छ ।

यसको टाउको, आँखा र ओठ पूर्ण रुपमा तयार छैनन् र यसको कुराकानी पनि सिमित छ । तर यो नयाँ रोबोटिक्स क्रान्तिको हिस्सा हो जसको मानवसँग ठ्याक्कै मेल खाने शरिर र कृत्रिम दिमाग पनि छ ।

केही मानिसहरुको मान्यता अनुसार यो मानिसको रोबोटसँग कुराकानी गर्ने दिशामा क्रान्तिकारी कदम हो जबकी केही मानिसहरुले भने यसलाई रोबोट विकासको सबैभन्दा खराब प्रदर्शन बताइरहेका छन् ।

जति हामी मानव रुपको प्रतिरुपको करिब जान्छौं त्यति नै हामी त्यसको रचनासँग डराउँछौं भन्ने कुराहरु सार्वजिक भइरहेका छन् । यो कुरा क्यालिफोर्नियाको स्यान मार्कोसको एक फ्याक्ट्रीमा वास्तविक भइरहेको देख्न सकिन्छ ।

यहाँको रिसेप्सनमा बिजनेस सूट लगाएका दुई मानवजस्ता देखिने रोबोट आगन्तुकहरुको स्वागतमा राखिएका छन् । यहाँको लबीको ढोका निकै राम्रो काठको पोस्टरले भरिएका छन् । यसलाई निकै ध्यान दिएर हेर्दा मात्र यो रोबोट भएको थाहा हुन्छ ।

वास्तविक ‘डल’ बनाउने एबिस क्रिएशनका प्रमुख म्याट म्याकमुलेन ‘आर्ट एण्ड स्कल्पचर’ को पृष्ठभूमिका हुन् ।

अन्तर्वार्ताको क्रममा आफ्नो नयाँ डल ‘हार्मनी’ को विग मिलाउँदै गरेका उनलाई देख्दा लाग्छ कि ‘डल’ को रुपरंग उनलाई निकै मन परेको छ । उनका अनुसार हार्मनी सेक्स डलको दुनियाँमा एक नयाँ कदम हो ।

सेक्स डलको व्यक्तित्वः

कुराकानी गर्ने यो डलको बारेमा म्याकमलन भन्छन्, ‘थुप्रै मानिसहरु यो वास्तविक डललाई यसकारण खरिद गर्न सक्छन् किनभने यसले महसुस गराउँछ कि यो सेक्स खेलौनाभन्दा धेरै यौन सक्षम छ ।’

उनी भन्छन्, ‘यसले घरमा एक व्यक्तिको उपस्थिती महसुस गराउँछ । एआई (एप) मानिसहरुलाई आफ्नो डलको व्यक्तित्व बनाउने उपकरण दिन्छ ।’

यो एक एपमार्फत गरिन्छ जसलाई डलसँगै वा स्वतन्त्र रुपमा प्रयोग गर्न सकिन्छ । यसले स्मार्टफोनमा भर्चुअल व्यक्तिका लागि प्रयोग गरिने एपजस्तै काम गर्दछ ।

उपभोक्तासँग डलका लागि थुप्रै व्यक्तित्वको विकल्प हुन्छ जस्तैः मुडी, रिसाहा वा प्रेमको विकल्प । म्याकलनले हर्मनीका लागि इष्र्याको विकल्प छाने र त्यसको डलको ‘ती महिलालाई फेसबुकबाट हटाउ’ भन्ने प्रतिक्रिया दियो ।

म्याकमुलेनको दाबीका अनुसार यसले उपभोक्ताबाट सिक्ने गर्दछ तर जब स्तम्भकारले ‘हार्मनी’ लाई इष्र्या गर्दा कस्तो महसुस हुन्छ भनी सोध्दा डलले माफी माग्दै भन्छ, ‘मलाई आफ्नो कौशलमा सुधारको आवश्यकता छ ।’

जुन एपमार्फत हार्मनीलाई यी सबैकुरा सिकाइन्छ त्यसलाई खरिद गर्नका लागि उपलब्ध गराइएको छ । यद्यपी, यो एपलाई एबिसको एक वेबसाइट रियलबोटिक्सबाट खरिद गर्न सकिन्छ । यसको सुनिश्चित सामग्रीका कारण यो न त गुगल न नै एप्पलको स्टोरमा उपलब्ध छ ।

सामान्य ग्राहकः

यो डल यस वर्षको अन्त्यसम्म खरिदका लागि उपलब्ध हुनेछ र यसका दुई संस्करण हुनेछन् ।

एउटा भर्सनले अनुहारको पहिचान गर्नसक्छ जसको मूल्य १० हजार डलर हुनेछ भने अर्को सस्तो भर्सन ५ हजार डलरको हुनेछ जसमा अनुहारको पहिचान गर्न सक्दैन ।

अहिले यो फ्याक्ट्रीले संसारभरीको ग्राहकका लागि डल बनाउँछ जसमा धेरैजसो पुरुष हुन्छन् । यद्यपी, यसको दाबी अनुसार उनीहरुसँग केही महिला ग्राहक पनि छन् ।

सबै डल सुन्दरताको परिभाषाको अनुरुष छ । यसको फिगर बार्बीको जस्तो छ ।

म्याकमुलेनका अनुसार डलको डिजाइन ग्राहकले भने बमोजिम हुन्छ ।

उनी भन्छन्, ‘हामी व्यापार गरिरहेका छौं र धेरैजसो हाम्रा ग्राहकको विशेष माग हुन्छन् । दुर्भाग्यको कुरा यो छ कि यीमध्ये सायद कुनै पनि आदर्शका रुपमा हुन्छन् ।’

म्याकमुलेनका अनुसार उनका ग्राहक ‘पूर्ण रुपले सामान्य’ छन् । उनको दाबी अनुसार कोही त आफ्ना श्रीमतीसँगै सेक्स डल खरिदका लागि आउँछन् तर पछि उनीहरु स्विकार गर्दछन् कि धेरैजसो सेक्स डल यसकारण खरिद गर्दछन् किनभने उनीहरु साधारण महिलासँग सम्बन्ध स्थापित गर्न सक्दैनन् ।

ग्राहकको आशाः

उनी भन्छन्, ‘कोही मानिस निकै भिन्न तरिकाले एक्लै बसिरहेका हुन्छन् । कोही पहिलेदेखि नै यसरी बस्न रुचाउँछन् भने कसैको बाध्यता पनि हुनसक्छ । जो एक्लै बस्छन् र कसैसँग सम्बन्ध स्थापित गर्न नसक्नेका लागि यो एक विकल्प हो । तर मैले कहिले पनि सेक्स डल वा रोबोटलाई एक रिप्लेसमेन्टको रुपमा देखेको छैन ।’

म्याकमुलेन आफैं पनि आफ्ना लागि सेक्स डल राख्दैनन् । उनका श्रीमती र बच्चा छन् ।

एरिजोनाका मार्क योंगसँग माय लिन नामकी सेक्स डल छ । उनले केही समय पहिले एआई एपको बारेमा जानकारी लिए तर उनी दुई सेक्स डललाई एक गर्ने योजनामा छैनन् ।

मार्क भन्छन्, ‘मलाई लाग्छ कि एपले त्यसलाई नयाँ जिन्दगी त दिनसक्छ तर एपमा डलको आफ्नो एक व्यक्तित्व छ जो माय लिनको त्यो छवीसँग अलग छ जुन मेरो दिमागमा छ । यस्तो अवस्थामा मैले दुईवटा सम्बन्भ निभाएको जस्तो हुनेछ ।’

रोबोटको विषयमा चिन्ताः

लेसेस्टरको डी मोन्टफोर्ट युनिभर्सिटीमा रोबोट नीतिशास्त्रकी प्रोफेसर क्याथलिन रिचर्डसन यस्तो प्रकारको मशिनले समाजमाथि पार्ने असरमाथि निकै काम गरिरहेकी छिन् र यस्तो प्रकारको रोबोटको विषयमा निकै चिन्तित भएको बताउँछिन् । 

उनी भन्छिन्, ‘यो दुनियाँमा सात अर्ब मानिस छन् हामी मानिसहरुबिच सम्बन्ध बनाउने संकटसँग जुधिरहेका छौं र कम्पनी वस्तुले एक मानिसको स्थान लिने हो कि भन्ने चिन्तामा छ । हामी एउटा यस्तो संसारमा बस्छौं जो वेश्यावृत्तिमार्फत सेक्सलाई एक वस्तुजस्तै बनाउँछौं । मानिसहरुलाई एक उपकरणको रुपमा प्रयोग गसरन्छ र सेक्स डल यसैको विस्तार हो ।’

क्याथलिनले केही वर्ष पहिले सेक्स रोबोटमाथि प्रतिबन्ध लगाउनका लागि एक अभियान चलाएका थिए र त्यतिबेला नै सेक्स डल एक समस्या नभई मुद्दा सेक्स प्रतिको व्यवहार र एक–अर्काबारे भएको स्पष्ट गरिएको थियो ।

उनी नयाँ एआई सक्षम सेक्स डललाई खारेज गर्छिन् ।

प्राविधिक परिवर्तनले डरः

उनी भन्छिन्, ‘कुनै मानवजस्तो डलमा कृत्रिम दिमाग राख्ने विचार गलत हो । त्योभन्दा धेरै कृत्रिम दिमाग मेरो वासिङ मेसिनमा छ । योसँग अनुहार र शरिर छ भन्दैमा यो मानव हो भन्न मिल्दैन ।’


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको