यौन स्वास्थ्य: औंलाले सेक्स गर्दा भर्जिन तोडिन्छ कि नाई ? म अविवाहित हुँ

बिहिबार, ११ जेठ २०७४

 

म अविवाहित हुँ, औंलाले सेक्स गर्ने गर्छु, यसो गर्दा म भर्जिन रहन्छु कि रहन्न ? सेक्स अर्थात् यौनसम्पर्क गर्नु भन्नाले धेरैजसोले योनि – लिङ्ग मैथुनलाई सम्झन्छन् । यस्तो यौनसम्पर्क योनि(लिङ्ग मात्र नभै मुख-मैथुन वा गुदा(मैथुन पनि हुनसक्छ । योनिमा औंला पसाउनु भनेको पक्कै नै यौन क्रियाकलाप हो । यसलाई यौनसम्पर्ककै रूपमा परिभाषित गर्न भने सकिन्न । बरु यसलाई हस्तमैथुन भन्न सकिन्छ । आफूले आफ्नै यौनाङ्ग वा यौन संवेदनशील अङ्ग चलाएर, घर्षण गरेर वा दबाब दिएर आनन्द प्राप्त गर्ने क्रियाकलाप नै हस्तमैथुन भन्ने गरिन्छ । महिलाले विभिन्न किसिमले हस्तमैथुन गर्छन् ।

 

भगांकुर चलाउनु वा घर्षण गर्नु हस्तमैथुनको एउटा प्रचलित विधि हो । भगांकुर करिब ९० प्रतिशत महिलामा यौन संवेदनशीलताको केन्द्रका रूपमा रहेको हुन्छ । आफूलाई सजिलो लाग्ने वा मन पर्ने कुरा वा तरिकाले यसलाई चलाउन सकिन्छ । त्यसैगरी अर्को प्रमुख उपाय योनिमा औंला वा लिङ्ग आकारको वस्तु वा अन्य केही पसाउनु हो । यसो गर्दा योनिमा पर्याप्त मात्रामा रस आइसकेको हुनुपर्छ र यौन उत्तेजना हुँदा यो स्वभाविक रूपमै हुन्छ । औंलाले सेक्स गर्दा सावधानी अपनाउनुपर्दछ । यसका लागि उच्चतम सतर्कता अपनाउन पर्दछ ।

 

सेक्सका लागि औंला प्रयोग विधि त्यस्तो नभएको स्थितिमा चिप्लो पदार्थ प्रयोग गर्न बिर्सनु हुँदैन । यस्तो पसाउने कुरा सफा हुन्छ पर्छ । औंला पसाउँदा योनिमा आफूलाई बढी आनन्द आउने स्थान खोज्न सकिन्छऔंला बहुउपयोगी हुने भएकाले नै चाहेअनुरूप दबाब, गति, एवं शैलीमा गर्न सकिन्छ, जसले आनन्द वृद्धि गर्छ । त्यसबाहेक महिलाका अन्य अङ्गहरूको स्पर्श, मर्दन वा सुमसुम्याई यौन आनन्द लिने उपाय हो । मानव यौनिकताको एउटा महत्वपूर्ण पक्ष रहँदै आएको पाइन्छ । यसमा कसको नियन्त्रण हुने भन्ने एक किसिमको द्वन्द्व जहिले पनि छ ।

 

विवाहमा कुमार केटालाई कन्या (केटी) खोज्ने चलन भए पनि विशेष गरेर कुमारी केटीको सन्दर्भमा कुमारित्व भङ्ग भए नभएको कुराले निकै महत्त्व राख्ने गरेको पाइन्छ । कन्या कुमारीलाई अक्षत योनि भनिन्छ र त्यसका लागि अंग्रेजी शब्द भर्जिन भन्ने गरिन्छ । अहिले कस्तो किसिमको यौन क्रियाकलापलाई यौनसम्पर्क मान्ने अनि कस्तोलाई नमान्ने भन्ने प्रश्न पनि छ । कुमारीत्व वा कुमारत्व शारीरिक कुरा मात्र होइन, भावनात्मक पनि हो । लिङ्ग प्रवेश नभै यौन उत्तेजक रूपमा यौनाङ्गमा औंलाको भरपुर प्रयोग गरेर यौन क्रियाकलापमा संलग्न भएको कुरालाई के भन्ने ? जस्ता प्रश्नको उत्तर सहज रुपमा भन्न सकिँदैन् ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको