तीन दिनसम्म युवतीहरुबाट बलात्कृत भएका युवक

बुधबार, १७ जेठ २०७४

 

एजेन्सी,  दक्षिण अफ्रिकामा तीन युवतीहरु मिली एउटा २३ वर्षीय युवकलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।

 

पहिले ती युवतीहरुले बलात्कृत युवकलाई नशायुक्त औषधि खुवाएका थिए र बेहोस अवस्थामा अपहरण गरी बन्धी बनाएका थिए । तीन दिनसम्म कैद रहेका ती युवकलाई उनीहरुले पटकपटक बलात्कार गरेका थिए । अहिले ती युवक मानसिक एवम् शारीरिक पीडामा छन् ।

 

दक्षिण अफ्रिकामा यो घटना नौलो होइन । देशभरमा २० प्रतिशत पुरुष हेरक वर्ष महिलाबाट बलात्कृत हुने गर्छन् । पीडित युवकका अनुसार उनले बाहिर जानका लागि साझेदारीमा ट्याक्सी लिएका थिए जसमा ती तीन युवतीहरु पहिलेबाटै बसिरहेका थिए ।

 

त्यसपछि उनीहरुले पीडित युवकलाई अगाडिको सिटमा बस्न लगाएर नशालु इन्जेक्सन लगाई बेहोस बनाएर अपहरण गरेका थिए । उनले भने कि होसमा आउँदा उनी एउटा अपिरिचित कोठाको एउटा खाटमा सुतिरहेका थिए ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको