निःशुल्क मृगौला परिक्षण सेवा सबै जिल्लामा उपलब्ध

मङ्गलबार, १२ पुष २०७३

 

स्वास्थ्य मन्त्री गगन थापाले स्थानीयस्तरमै निःशुल्क मृगौला परिक्षणको व्यवस्था गरिएकाले तत्काल मृगौला परिक्षण गर्न सवैलाई आह्वान गरेका छन् । नेपाल प्रेस युनियनले काठमाडौंमा आयोजना गरेको पत्रकारहरुको निःशुल्क मृगौला परिक्षण कार्यक्रममा मन्त्री थापाले मृगौला परिक्षणका लागि प्रयोग हुने “डिपिस्टीक किट” सवै जिल्लामा पठाइसकिएकाले त्यसको उपयोग गर्न सवैलाई आह्वान गरे । उनका अनुसार यो सेवा देशभर उपलब्ध भइसकेको छ । 

हरेक ६/६ महिनामा मृगौला परिक्षण गर्नुपर्ने भएपनि नेपालमा धेरैले फेल भएपछि मात्रै थाहा पाउँछन् ।  मृगौला गुम्न नदिन समयमै परिक्षण गर्ने व्यवस्था गरिएको मन्त्री थापाले बताए । 

 

स्वास्थ्य मन्त्रालय अन्तर्गतको आपुर्ति व्यवस्थापन महाशाखाले कात्तिकको दोस्रो साता नै देशभरी पहिलो चरणमा २० लाख जनाको मृगौला परिक्षण गर्न पुग्नेगरी किट पठाएको छ । आवश्यकता अनुसार अरु पनि किट पठाउन सकिने महाशाखाले जनाएको छ । 

 

जिल्ला जनस्वास्थ्य कार्यालयमा पुगेको किटलाई स्थानीय आवश्यकता अनुसार मातहतका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा पठाउन लगाईएको महाशाखाका निर्देशक भिमसिंह टिंकरीले जानकारी दिए । 


नेपाल प्रेस युनियनले पत्रकारहरुको निःशुल्क मृगौला परिक्षण कार्यक्रमको आयोजना गरेको थियो । सो अवसरमा १ सय ३२ जना पत्रकारको मृगौला परिक्षण गरिएकोमा सात जनामा सामान्य समस्या देखिएकाले थप उपचारका लागि परामर्श दिइएको थियो । 

 

प्रेस युनियनको रजत उत्सवका अवसरमा स्वास्थ्य मन्त्री थापाका प्रेस संयोजक जीवन भण्डारीको प्रस्तावमा प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीको संयोजकत्वमा मृगौला परिक्षण कार्यक्रम आयोजना गरिएको हो । 

 

मृगौला परिक्षणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौका स्वस्थ्यकर्मीहरु राजकुमार मिश्र, भोलानाथ पौडेल, रुपा बुढाथोकी र सहयोगी जानुका चालिसेले प्राविधिक रुपमा सघाएका थिए ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको