सुत्केरी भएपछि स्वस्थ रहन अपनाउनुहोस् यी नियम

मङ्गलबार, २३ जेठ २०७४

 

सुत्केरी महिलालाई बढी आराम चाहिन्छ । तर, एकैठाउँमा बसिरहनु भने ठीक हुँदैन । आराम सँगसँगै सामान्य हिँडडुल पनि गरिरहनुपर्छ । सुत्केरी अवस्थामा हिँडडुल नगरे नसा सुन्निने र स्वास्थ्यमा थप समस्या देखिन सक्छ ।

 

संक्रमणको जोखिम धेरै हुने भएका कारण सुत्केरी भएपछिका १५ दिनसम्म सरसफाइमा विशेष ध्यान दिनुपर्छ । यो अवधिमा यौनांगबाट बग्ने रगतमा कीटाणु छिटो हुर्किने भएकाले सफाइमा खेलाँची गर्नुहुँदैन । दिसा पिसाब गरेपछि शारीरिक सफाइ गर्नु तथा चर्पी पनि सफा गरेको अवस्थामा संक्रमणबाट जोगिन सकिन्छ ।

 

सुकेरी भएपछि पाठेघर पुरानो अवस्थामा फर्काउन निकै सचेत हुनुपर्छ । पाठेघर पुरानै अवस्थामा फर्काउन वेला–वेला पेट सेक्ने तथा मालिस गर्नुपर्छ ।

 

सुत्केरी महिलाले सामान्य रूपमा शारीरिक व्यायाम गर्नुुपर्छ । स्थिर रहेका मांसपेशी चलायमान बनाउँदै लैजानुपर्छ । खासगरी पिसाब रोक्न बसेको जसरी बस्ने प्रकृतिको व्यायाम गर्नु राम्रो हुन्छ । सुत्केरी नर्मल भएको हो या अपरेसन गरेको हो भन्ने कुराले पनि सुत्केरीपछिको हेरचाह फरक हुनुपर्छ ।

 

अपरेसन गरेर बच्चा जन्माएको हो भने घाउवरिपरि र पेटको सफाइमा ध्यान दिनुपर्छ । सुत्केरीले दूध चुसाउनु बच्चालाई मात्रै होइन, आफ्नो स्वास्थ्यका लागि पनि राम्रो काम हो ।

 

हरेक दुई–दुई घन्टामा बच्चालाई दूध चुसाउनुपर्छ । दूध नचुसाउँदा स्तन गानिने र विभिन्न समस्या निम्तिने हुन्छ । सुत्केरी महिलाले सुरुमा खाने गरेको खानेकुरा भन्दा धेरै र पोषिला खानेकुरा खानुपर्छ । मौसमअनुसार तातो–चिसो पनि मिलाउन सक्नुपर्छ


हिमा कार्की नर्स, न्युरो अस्पताल, विराटनगर


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको