गर्भवति महिलाले धुम्रपान गरे हुन्छ यी १० हानी...

मङ्गलबार, २३ जेठ २०७४

 

काठमाण्डौ । धुम्रपान मानव स्वास्थ्यका लागि हानिकारक छ । त्यसमाथि पनि धुम्रपान गर्ने महिला गर्भवति छिन् भने उनको पेटमा हुर्कँदै गरेको बच्चालाई पनि त्यसको असर पर्ने हुनाले गर्भवती महिलाले धुम्रपानको लत तत्कालै छोड्नु आवश्यक हुन्छ ।
 
आफुले सेवन गर्ने धुम्रपानले पेटको बच्चालाई कस्तो असर पुग्छ भन्ने जानकारीको अभावमा गर्भवती महिलाहरु धुम्रपानको लतबाट बाहिर निस्कन सकेका हुँदैनन् ।
 
 
गर्भवती महिलाले किन धुम्रपानको लत त्याग्न जरुरी छ त जानीराखौं १० मुख्य कुरा...
 
धुम्रपानले गर्भवती महिलाको पेटमा हुर्कँदै गरेको सन्तानमा पर्याप्त मात्रामा अक्सिजन पुग्न सक्दैन र स्वासप्रश्वासको समस्या देखिन सक्छ ।
 
धुम्रपानले गर्भमा रहेको सन्तानको मुटुको धड्कनमा समस्या पर्छ ।
 
मुटुको चालमा असर पार्छ । गर्भ तुहिनुको साथै मृतसन्तान जन्मने सम्भावना बढी हुन्छ ।
 
समय अगावै सन्तान जन्मने तथा कम तौल भएको सन्तान जन्मन सक्छ ।
 
अंगभंग भएको बच्चा जन्मन सक्छ ।
 
त्यसको विकासमा अवरोध पुर्याउँछ ।
 
तौल वृद्धिमा रोकावट हुन्छ ।
 
रोग प्रतिरोधी क्षमतामा ह्रास हुन्छ । सुस्तमनस्थितिको बच्चा जन्मन सक्छ ।
 
यसले फोक्सोलाई असर गर्दछ ।
 
चुरोटबाट निस्कने धुवाँ फोक्सोमा जम्मा हुदै जान्छ ।
 
जसले भविष्यमा फोक्सोको क्यान्सर निम्त्याउन सक्छ ।

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको