पातलो शरीरमा स्मार्ट देखिन...

शनिबार, २७ जेठ २०७४

 

स्मार्ट एन्ड ह्यान्डसम बन्ने चाहना हरेक युवामा हुन्छ । सो चाहना पूरा गर्न आजभोलि युवाहरू बजारमा निस्किएका विभिन्न डिजाइनका  ड्रेसअपमा मात्र होइन, ह्यान्डसम पार्लर पनि धाउन थालेका छन् । तर, आफूमा ड्रेसअप सेन्स भएन भने रहर गरेर मात्र स्मार्ट देखिँदैन । आफ्नो शारीरिक बनावटअनुसार ड्रेसअप मिलेन भने लुक्स नै नराम्रो देखिन्छ । त्यसैले शरीर सुहाउँदो ड्रेसअप गर्न यस्ता केही ड्रेसअप टिप्स जान्नु आवश्यक छ । आफ्नो शरीरअनुसार कस्तो ड्रेसअप गर्ने भन्ने विषयमा थप टिप्स फेसन डिजाइनर सम्साद मियाँले दिएका छन् :

 

मोटो शरीर भएका पुरुषले लुज प्यान्ट्स नलागाउनु राम्रो हुन्छ । त्यस्तै, अग्लो शरीरमा भी नेक टिसर्ट पहिरिँदा पनि त्यति म्याच गर्दैन ।

 

तपाईंको शरीर पातलो छ भने लुज फिटिङ ड्रेसअप राम्रो हुन्छ । पातलो शरीर भएका पुरुषले जहिले पनि उज्यालो कलरका कपडा छान्नु बुद्धिमानी हुन्छ । सेतो, बेबी क्रिम, पिंकलगायत कलरले पातलो शरीर भएका व्यक्तिलाई केही मोटो देखाइदिन्छ ।

 

पातलो शरीर भएकाले ठाडो धर्का भएका कपडा पनि नलगाउनु नै बुद्धिमानी हुन्छ । ठाडा धर्काले पातला व्यक्तिलाई झनै पातलो देखाएर असुहाउँदो बनाइदिन्छ । ठुल्ठूला प्रिन्ट बुट्टा भएका सर्ट÷टिसर्टमा भने पातला व्यक्ति हेन्डसम एन्ड स्मार्ट देखिन्छन् ।

 

पातलाहरूले फिटिङ प्यान्ट्समा पनि मन नडुलाउनु नै राम्रो हुन्छ । बुटकट प्यान्ट्स यस्ता व्यक्तिलाई सबैभन्दा राम्रो म्याच हुन्छ । सर्ट÷टिसर्ट लुज फिटिङ नै राम्रो देखिन्छ । टिर्सट लगाउने इच्छा लाग्यो भने गोलो गला (राउन्ड नेक) भएको रोज्नुपर्छ ।

 

पातला व्यक्तिको घाँटी पनि सानो हुने भएकाले भी नेक टिसर्ट भुलेर पनि लगाउनुहुन्न । भी नेक टिसर्ट लगायो भने सानो घाँटीलाई झनै सानो देखाएर शरीरमा कृत्रिम तरिकाले जोडेजस्तो लुक्स बनाइदिन्छ ।

 

पातलो शरीर भएका व्यक्तिले जुक्ता लगाउँदा पनि विशेष ख्याल गर्नुपर्छ । यस्ता व्यक्तिले जुत्ता हल्का प्वाइन्टेड भएको छनोट गर्नुपर्छ । हेभी जुक्ता लगाउनु ठीक हुँदैन ।


Source: Enayapatrika


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको