ज्वाँइ बन्न बलात्कार !

सोमबार, २९ जेठ २०७४

 

एजेन्सी, विश्वमा केही यस्ता राष्ट्रहरु छन् जहाँ अजिब खाले परम्परा चल्दै आइरहेका छन् । एउटा यस्तै देश रहेको छ जसको संस्कृति सुन्नुभयो भने अचम्ममा पर्नुहुनेछ ।

 

किर्किस्तानमा बलात्कार गरेकै आधारमा ज्वाँइ बन्ने चलन रहेको छ । मतलब यहाँ मानिसहरु विवाह गर्न बलात्कार गर्ने गर्छन् । कुनै युवतीलाई आफ्नो श्रीमती बनाउन छ भने बलात्कार गर्नुपर्ने हुन्छ । यस्ता खाले घटना लामो समयसम्म चलेका कारण यो एउटा प्रथा बनेको बताइएको छ । किर्किस्तानका युवाहरु पहिला जबर्जस्ती युवतीको बलात्कार गर्ने काम गर्छन् ।

 

त्यसपछि युवतीको बेइज्जत हुने डर देखाइ बलात्कारीसँग विवाह गर्न मौका दिइने गरिन्छ । बलात्कार गरेबाफत पुरुषलाई केही कारबाही नगरी उल्टै विवाह गर्नका लागि प्रस्ताव गरिन्छ । बेइज्जत हुने डरका कारण पनि युवतीहरु विवाह गर्न राजी हुने गरेको बताइएको छ । हरेक दृष्टिकोणले पुरुषलाई फाइदा हुने तवरले यहाँ परम्परा निर्माण गरिदै आइरहेको छ ।

 

यस्ता खाले घटनाहरुलाई रोक्न सरकारले विभिन्न नियम बनाए पनि त्यसको असर देखिन सकेको छैन । एक रिपोर्टका अनुसार प्रत्येक वर्ष १२,००० युवतीहरु अपहरण र बलात्कार हुने गरेका छन् । हालसम्म कुनै युवतीले पनि साहस गरेर यस परम्पराको विरुद्ध बोल्न सकेका छैनन् ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको