चालकले पिएको सुराको तालमा ट्याक्सीले देखायो यस्तो पोज !

बुधबार, १३ पुष २०७३

 

एकाविहानै ललितपुरको च्यासलमा अचम्म पोजमा ट्याक्सी दूर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । च्यासल मैदान भन्दा ५ सय मिटर माथि निर्माणधिन सडकबाट तल्लो गरामा खसेको ट्याक्सी पूर्ण रुपमा उत्तानो परेको थियो । 

 

यसरी ट्याक्सी पल्टिएको अवस्थामा भेटिए पनि सो ट्याक्सी कसले चलाएको र कसरी दूर्घटना भयो भन्ने बारेमा भने अझै जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ । 

 

बा १ ज १७२२ नं को ट्याक्सी उत्तानो परेको अवस्थामा प्रहरीले बिहान १० बजेतिर मात्रै गएर त्यसलाई सिधा पारेको थियो । ट्याक्सीको केही भाग कुच्चिको छ । 

 

तर मान्छेको रगत कतैपनि नदेखिएकोले मान्छे सकुशल रहेको भागेको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीले अनुमानका आधारमा अत्यधिक मदिरा सेवनका कारण यस्तो भएको बताएको छ । 

 

स्थानीय रमेश महर्जनले आफू विहान ६ बजे उठ्दा यस्तो देखेपछि प्रहरीलाई खबर गरिएको बताए । 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको