प्रदूषणका कारण गर्भावस्थामा बच्चाको विकासमा पर्न सक्छ प्रभाव

बिहिबार, ०१ असार २०७४

 
वायू प्रदूषणले गर्दा अहिले मानव स्वास्थ्यमा धेरै नै प्रभाव परिरहेको छ । जसले गर्दा वर्षेनी कैयौँ मानिस वायू प्रदूषण्को चपेटामा परेर ज्यान सम्म गुमाउने अवस्थामा पुगिसकेका छन् । विश्व स्वास्थ्य संगठन र केही अन्य संस्थाहरुद्वारा गरिएको विभिन्न अध्ययनमा प्रदूषणको मात्रा निकै नै बढी छ ।
 
विषेशगरी भारत, पाकिस्तान, चीन र हालै नेपाल पनि प्रदूषणको सर्वेमा परेको छ । केही शहरहरुमा प्रदूषणको मात्रा यति धेरै छ कि त्यो हाम्रो स्वास्थ्यको लागि खतरा नै बनि सकेको छ । वायु प्रदूषणले हाम्रो स्वास्थ्यलाई कसरी प्रभावित पार्छ त्यो हामी सबैलाई थाहा छ । तर, यसको प्रभाव सबैभन्दा धेरै गर्भवती महिलाहरुमा पर्न सक्छ । जुन उनका लागि निकै नै खतरनाक साबित हुन सक्छ । विशेषगरी दमबाट पीडित महिलाका लागि यो झनै खतरनाक हो । नेशनल इन्स्टीच्यूट अफ हेल्थका अनुसार जुन गर्भवती महिला दमबाट ग्रसित छन् र उनी वायू प्रदूषणको सम्पर्कमा आउँछन् तीनमा निर्धारित समय भन्दा पहिने नै प्रसव हुने सम्भावना बढेर जान्छ । दमबाट पीडीत गर्भवती महिलाहरुका लागि अन्तिमको ६ हप्ताको समय धेरै नै गम्भिर हुन्छ ।
 
अत्यधिक प्रदूषणको कण, जस्तै एसिड, मेटल र हावामा हुने धूलोका कणहरुको सम्पर्कमा आउनाले पनि समयभन्दा पहिले नै प्रसवको खतरा बढेर जान्छ । यो जानकारी जेरनल अफ एलर्जी एन्ड क्लिनिकल इम्यूनोलोजीमा प्रकाशित भएको छ । विभिन्न अध्ययनहरुमा पाइएको छ कि प्रदूषित हावाका कारण नवजात बच्चाको तौलमा पनि प्रभाव पर्न सक्छ । त्यतिमात्र नभई प्रदूषणका कारण गर्भमा रहेको बच्चाको अन्य विकासमा पनि प्रभाव पर्न सक्छ ।
 
डब्लुएचओले गरेको थियो सर्वे डब्लुएचओले विश्वभरका ९१ वटा देशको कुल १ हजार ६ सय शहरहरुमा सर्वे गरेको थियो । डब्लुएचओले आप्mनो स्ट्याण्डर्ड प्यामाना पार्टिकुलेट म्याटर (एः) को माध्यमबाट यो सर्वे गर्यो । जुन माध्यममा २ दशमलव ५ माइक्रोन देखि १० माइक्रोन सम्मको प्रदूषित कणहरु (पार्टिकल्स) को अध्ययन गरियो । जुन हाम्रो स्वास्थ्यमाथि सबैभन्दा बढि असर पार्ने गर्छ ।
 
(एजेन्सी सहयोगमा)

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको